ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट आयाति तरकारी फलफूल परीक्षणबाट किन पछि हट्यो सरकार ? ( भिडियोसहित )


एबीसी न्यूज

काठमाडौं , २३ असार  । सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भारतबाट आयाति तरकारी फलफूल परिक्षण सुरु ग¥यो । सीमा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षणबाट मात्रै आयात गर्न निर्देशन दियो ।

सरकारको निर्देशनपछि सीमा नाकामा आयातित फलफूल तथा तरकारीको परिक्षण पनि भयो । परिक्षण हुन थालेपछि केही समय तरकारी र फलफूलका मालवाहक ढुवानी साधन सीमामा रोकिए ।सरकारले विषादीयुक्त तरकारी फलफूलबाट मानवस्वास्थ्यमा गम्भीर असर गरेको तथ्यलाई मनन् गरि कदम बढायो । सरकारी कदमले आम जनमानसमा सकारात्मक सन्देश पनि दियो ।

यो कदम मानव स्वास्थ्यसं मात्रै सम्बन्धित थिएन, नेपाली उत्पादन र अर्थतन्त्रसंग पनि सम्बन्धित थियो र छ पनि । तर, सरकार १८ दिनपछि आफ्नै कदमबाट पछि हट्यो । सरकार पछि हटेपछि किसान र उपभोक्ता समेत आक्रोशित भएका छन् ।
नेपालमा भारतीय विषादीयुक्त तरकारी तथा फलफूल आयात हुदै आएको विषय नौलो होइन । सन १९९० को खुला अर्थव्यस्था नीति लागु भएपछि भारतीय उत्पादनको भरपर्दा बजार नेपाल हो । भारतीय कृषि होउन् या गैर कृषि उत्पादनको पहिलो बजार नेपाल नै हो ।

त्यस्तै कृषि उपज तरकारी तथा फलफूलको पनि बजार नेपाल हो । भारतीय तरकारी तथा फलफूल निर्वादरुपमा नेपालमा आयात हुदै आएका छन् । नेपालीले पैसा तिरेर वर्षाैदेखि प्रतिबन्धित विषादी प्रयोग गरिएका तरकारी र फलफूल उपभोग गर्ने बाध्यता छ । एकातिर आन्तरिक उत्पादन कमजोर हुदै जानु, अर्काेतिर भारतीय उत्पादनले नेपाली बजार कब्जा गर्दै जानुले आम नेपालीले विष खान बाध्य भएका छन् ।

मानवस्वास्थ्यसंग जोडिएको यति धेरै संवेदनशिल विषयमा विगतमा शासकहरु बेखबर जस्तै भए । लोकतन्त्रका जतिसुकै ठूला कुरा गरेपनि मानवस्वास्थ्यको विषयमा बोल्न कुनै दल वा समूहलाई फूर्सद मिलेन तर पछिल्लो समय ओली सरकारले यस विषयमा जनपक्षिय कदम उठायो । सरकारी कदम जति जनपक्षिय थियो र हो पनि । भारतीय शासकको दबदबावमा सरकारको आफ्नो निर्णयबाट पछि हटेपछि सरकारको चौतर्फी घेराबन्दीमा परेको छ । आम नेपालीको स्वास्थ्यसंग जोडिएको विषयमा भारतीय शासकसंग सरकार झुकेको आरोपको छ ।

नेपालको अर्थतन्त्र परनिर्भर जस्तै छ । व्यापारघाटा वर्षेनी करिब १५ खर्बको छ। कुल व्यापार घाटामा झण्डै ६० प्रतिशत भारतसंग छ । नेपालको व्यापार ९५ प्रशित आयात र ५ प्रतिशत निर्यातको अवस्था छ । भारतमा नेपाली उत्पादनको निर्यात सजिलो छैन । नेपाली बजारलाई अनेकन झन्झट बेहोर्दै आएका छन् । तर नेपालमा प्रतिबन्धित डिडिटी नामक विषादी प्रयोग गरिएको छ भारतीय तरकारीमा । जुन विषाधीको प्रयोग गर्न नहुने भन्दै सरकारले झन्डै २० वर्ष पहिले प्रतिबन्ध गरिएको हो ।

असार १४ गते नेपालस्थितको भारतीय दुतावासले प्लान्ट कवारेन्टाइन सूचना प्रणाली एवम् अन्तराष्ट्रिय वनस्पती सुरक्षा महासन्धअिनुसार सीमा नाकाको भारतीय तरकारी र फलफूल नरोक्न पत्र नै पठायो । सो पश्चात् पुनः वाणिज्य मन्त्रालयकै प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्को बैठकले तरकारी र फलफूलको विषादी परीक्षण विना नै आयात गर्ने निर्णय ग¥यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथयांकअनुसार कालीमाटीमा दैनिक करिब ८ सय टन तरकारी आयात हुन्छ । जसमध्ये ४४ प्रतिशत भारतबाट भित्रिन्छ । भारतबाटै आउने तरकारी र फलफूलमै सबैभन्दा बढी विषादी देखिने गरेको कालीमाटी तरकारी बजार परीक्षण केन्द्रले बताउदै आएको छ ।

कालीमाटी तरकारी बजारको प्रशस्त सम्भावना हु“दाहु“दै पनि नेपालमा कृषि अघि बढ्न नसकिरहेको क्षेत्र हो । आधुनिकिरण र व्यावसायिकरणको नाममा विगत केही दशक यता रसायनिक मल तथा कीटनासक औषधीको बढ्दो प्रयोगले भयावह रुप लियो । थोरै जमीन र लगानीमा धेरै नाफाको भाग खोज्ने होड नै चल्यो । तर उपभोक्ताको स्वास्थ्य भने त्यसको प्रत्यक्ष मारमा पर्दै आएको छ । विषादीको कारणले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने गरेको छ ।

त्यसो त सरकारले तरकारीमा प्रयोग हुने विषादी मापन गर्नकै लागि भनेर विभिन्न ७ ठाउ“मा विषादी परिक्ष्ँण केन्द्रहरु खोलेको छ । झापाको विर्तामोड, सर्लाहीको नवलपुर, काठमाण्डौको कालीमाटी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, बा“केको नेपालगञ्ज तथा कैलालीको अतरियामा विषादी परिक्षण केन्द्रहरु रहेका छन् । तर, ल्यावमा पर्याप्त कर्मचारीहरु नहुदा विषादी परिक्षणको काम सहज एवं प्रभावकारी हुन सकेको छैन । तसर्थ, पर्याप्त परीक्षण केन्द्रको अभावका कारण विषादी परीक्षण नै नगरी भारतीय तरकारी र फलफूल भित्र्याउने निर्णय सरकारी निर्णय छ । जनशक्ति अभावमा परिक्षण केन्द्रहरु सुनशान छन् ।

भारतीय दबाब लगत्तै विषादी परीक्षणको निर्णय फिर्ता लिने सरकारको कदम एकदमै आत्मघाती छ । विदेशी हस्तक्षेपको प्रतिवाद गर्दै प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गर्न सरकार लाग्नैपर्छ । विषादी जांचसंगै आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्दै कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने कार्यक्रम योजना ल्याउनु पर्छ । आन्तरिक उत्पादनलाई जोड दिन सके स्वास्थ्य सुरक्षित हुने मात्रै होइन, मुलुकको अर्थतन्त्रमा समेत सुधार हने भएकोले यसतर्फ सरकारको ध्यान अनिवार्य जानुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com