ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेनाको भर्तीमा आर्थिक चलखेल : युवाहरूलाई रातभर होटलमा राखेर ३८ लाख असुलियो


एबीसी न्यूज

 

 

काठमाडौं, २६ जेठ । मध्यराति नेपालगन्जको होटल वाटिकाबाट भारतीय सेनामा भर्ती गराइदिने भन्दै लिएको ३८ लाखसहित सात जनालाई प्रहरीले रंगेहात पक्राउ गर्‍यो।

घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं। कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं। कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्‍यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो।

‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन्।
नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो।

भर्ती हुन आएका युवाले पैसा बुझाएपछि मोबाइल कब्जामा लिएको आशंका छ। पैसा बुझाउनेमध्ये धेरैले २र२ लाख दिएको बताएका छन्। कतिले तीन लाख त कतिले पाँच लाखसम्म पनि बुझाएका छन्। औसत तीन लाखका दरले हिसाब गर्दा ८५ जनाबाट मात्र कम्तीमा पनि दुई करोड ५० लाख रुपैयाँ असुलेको सहजै अनुमान गर्न सकिन्छ।

भोलिपल्ट बिहान ८ बजे हुने लिखित परीक्षको तयारी छोडेर वाटिका होटलको हलमा मध्यरातिको १२ बजेसम्म झन्डै चार पाँच सय युवाहरू रहेकाले सबै पैसा बुझाउन आएको आँकलन गर्न सकिन्छ।

परीक्षा दिएकामध्ये ४ सय ४७ जना मात्र पास भए। पास हुने सबैले तीन लाखका दरले बुझाएको भए पनि १३ करोड भन्दा बढी रकम असुलेको आँकलन गर्न सकिन्छ। ‘त्यो रात १० करोड रुपैयाँ उठाउने लक्ष्य रहेछ। एउटा गाडीसहित केही व्यक्ति भागेकाले सबै रकम समात्न सकिएन’, रानाले भने।
यो घटनापछि भारतीय सेनाको भर्तीमा आर्थिक चलखेल हुने खुलासा भएको हो। नेपालदेखि गोरखपुरसम्मको छनोटको कनेक्सन हुने समितिले आशंका गरेको छ।

थापा भन्छन्, ‘लिखित परीक्षामा प्रश्नपत्र आउट गर्दा एक लाखदेखि ५ लाख रुपैयाँ असुली हुन्छ। भारतको गोरखपुरमा हुने मेडिकलमा उत्तीर्ण भएपछि कम्तीमा ५ लाख अर्को असुलिन्छ। भारतीय सेनामा भर्ती हुन कम्तीमा पनि ८ लाख रुपैयाँ लाग्ने परीक्षार्थी र तिनका अभिभावकबाट खुलेको छ। यस्तो चलखेलमा पूरै सयन्त्र नै सक्रिय नभइ सम्भव छैन।’

भारतीय सेनामा भर्तीका लागि देशका प्रमुख सहरमा भूतपूर्व भारतीय सैनिकहरूकै लगानीमा तालिम केन्द्रहरू खुलेका छन्। सुरुमा तालिमका नाममा असुली हुन्छ। भर्ती हुन आउँदा उनीहरूबाट फेरि असुली हुन्छ।

पक्राउ परेका ७ जनामध्ये दुई महिलाबाहेक सबै भूतपूर्व सैनिक र तालिम केन्द्र चलाउने ब्यक्ति रहेको प्रहरीले जनाएको छ। समितिलाई गत वर्ष नेपालगन्जको छनोटमा कोहलपुरमा आर्थिक चलखेल भएको सूचना आएको थियो तर रंगेहात पक्राउ गर्न सकेको थिएन।

पोखराको छनोटमा पनि पैसा लेनदेन भएको चर्चा चलेको थियो। ‘हामी प्रमाणको खोजीमा थियौं। त्यसैले यो वर्ष भूतपूर्व सैनिकलाई नेपालगन्जका होटलमा राखेर सर्च अभियान सन्चालन गर्दा फेला पारेका हौं’, उनले प्रष्ट पारे।

भारतीय सेनामा ४२ हजार नेपाली भर्ती भएका छन्। नेपालमा पाँच ठाउँमा भर्ती लिइन्छ। प्रदेश ५ को नेपालगन्ज र बुटवल, प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखरामा भर्ती लिइन्छ। हरेक वर्ष कम्तीमा एक पटक वा आवश्यकता अनुसार दुई पटक पनि भर्ती लिइन्छ। एक ठाउँमा छनोट भएको ठीक डेढ महिनापछि अर्को सहरबाट छनोट गर्ने समितिले जनाएको छ।

भर्ती हुन आएका दुई जना युवाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले भारतीय सेनाको भर्ना छनौटमा प्रश्नपत्र आउट गर्ने नाममा ठगी गरेको अभियोगमा मुद्दाको तयारी गरेको छ।

जिप्रका प्रवक्ता डीएसपी प्रकाश सापकोटा भन्छन्, ‘भर्ना छनोटमा सहभागी व्यक्तिलाई लिखित परीक्षामा आउने प्रश्नपत्र आउट गर्ने भन्दै होटल बाटिकाको हलमा बोलाइ नगद एक लाखका दरले रकम उठाइ ठगी गर्ने कार्यमा संलग्नलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।’

नेपाल भूतपूर्व सैनिक समितिले बाँके प्रहरीले कारबाही प्रक्रियामा ढिलाइ गरेको र अभियुक्तहरूलाई जोगाउने गरी मुद्दा प्रक्रिया थालेको भन्दै शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन नै गरेको थियो। संघका अध्यक्ष रानाको प्रहरीसँग माग छ, ‘भारतीय सेनामा भर्ती हुन एक पैसा तिर्नु पर्दैन। ठूलो रकम चलखेलको प्रमाणसहित पेश गर्दा अभियुक्तलाई कारबाही हुनुपर्छ। कहिं कतैबाट उन्मुक्ति दिने काम गर्नु हुन्न।’

एसईई उत्तीर्ण साढे १७ वर्षदेखि २१ वर्ष उमेर समूहले भर्ना हुन पाउने भारतीय सेनाका सिपाहीको तलब र महंगी भत्तासमेत जोडेर करिब ५० हजार रुपैयाँ नेपाली तलब हुन्छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com