
काठमाडौं, २४ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले संयमित बन्न सबैलाई आग्रह गरेका छन् । रंगशाला निर्माणस्थलको स्थलगत अवलोकनपश्चात कुरा गर्दै थापाले सबै पक्षले जित्ने अवस्था रहेकाले संयमित बनेर कदम चाल्न आग्रह गरेका हुन ।
स्थानीयको असन्तुष्टिले रंगशाला निर्माण कार्य नै अवरुद्ध हुननहुने भन्दै थापाले छलफलको माध्यमबाट समस्याको समाधान गरी विकास निर्माणको सुन्दर अवसरलाई पछि पार्ननहुने उनको सुझाब छ । सबैले जित्ने बातावरण बनाउन राजनीतिक दल, स्थानीय सरकार, विश्वविद्यालय र स्थानीय सबैले लचिलो भुमिका खुल्नुपर्ने बताए ।
उनले भने ‘कस्ले बनायो भन्दा पनि के बन्दै छ भन्ने विषयलाई प्राथमिकतामा राखेर सबैले सहकार्य गर्नुपर्छ ।’ यो आयोजना सम्पन्न हुनसकेन भने विकास निर्माणमा, आर्थिक समृद्धिका लागी देश विदेशमा नकरात्मक सन्देश प्रवाह हुने भन्दै चिन्ता पनि ब्यक्त गरेका छन् । उनले भने ‘जसले गर्दा मुलुकको समृद्धिमा नै धक्का लाग्छ, अध्याँरोमा भुत देख्ने हौवा फैलिन्छ ।’गौतमबुद्ध जन्मिएको मुलुकमा तोडफोड, हिँसाको संस्कार पुर्ण त्याग्नुपर्ने उनको भनाई छ । उनले थपे अहिलेको २१ औँ शताब्दीमा आएर असन्तुष्टिलाई आक्रोसका रुपमा देखाउन हुँदैन, रंगशाला बनेपछि सबैभन्दा बढी स्थानीयसँगै समग्र मुलुकलाई फाईदा पुग्ने हो, हामी सबैले हाम्रो संस्कार, शैली परिवर्तन गर्नुपर्छ ।’
उनले उज्यालो आउन अघि कहिलेकाँही अध्यारो पनि हुने भएकाले केही घटनालाई लिएर निरास नभई सकेको सहयोग गर्न सबै नेपालीहरुमा अपिल पनि गरेका छन । साथै अध्यक्ष थापाले आवश्यक सहयोगका लागी विवेकशील नेपाली दल तयार रहेको प्रतिबद्धता पनि जनाए ।



















प्रतिक्रिया दिनुहोस्