ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलितलाई नेतृत्वमा नल्याए परिर्वतन हुँदैन : मुख्यमन्त्रि राउत


admin
जेष्ठ २१, २०७६ मंगलबार  ४ : ४६ बजे

जनकपुर,२१ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायलाई नेतृत्वमा नल्याए सम्म दलितको अवस्था नफेरिने बताएका छन् । दलित समुदायको वर्तमान आर्थिक, सामाजिक अवस्थाबारे चर्चा गर्दै मुख्यमन्त्री राउतले दलित समुदायलाई नेतृत्वमा नल्याए सम्म अवस्था परिर्वतन हुन नसकिने जिकिर गरेका छन् ।

छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलित समुदायको अधिकार प्राप्तीको लागि र आर्थिक, सामाजिक परिर्वतनको लागि नेतृत्वमा ल्याउन जोड दिएको हो ।
प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्दै दलितहरुको लागि दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता योजना लिएर अगाडी बढेको बताए । ‘सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको छ,’ उनले भने, ‘ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको व्यवस्था सुनिश्चित हुन्छ ।’

दलितहरुले विश्वासको अधारमा दिएको मत संघिय सरकारले विश्वासघात गरेको भन्दै अवको दिनमा को आफ्नो र को पराया भन्ने कुरा छुटयाउनु पर्ने तर्क गरे ।
दलित समुदायको अवस्था परिर्वतन गर्न नीति नियम आवश्यक रहेको भन्दै उनीहरुको आर्थिक समृद्धिको लागि प्रदेश सरकारले लोकसेवा र प्रदेश प्रहरी ऐनमा १८ प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले दावी गरे ।

दलित समुदाय शिक्षा, स्वास्थ्य लगायत विकासको क्षेत्रमा पछाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले सबै क्षेत्रमा अगाडी बढाउन जोड दिएको ओल्याए ।
दलित अगुवा उमेश विसुन्केको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर सहित प्रदेश भरिका दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com