ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित


admin
जेष्ठ १८, २०७६ शनिबार  १२ : ४२ बजे

काठमाडौँ,१८ जेठ । जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ ।
दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो ।
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित ‘महिलाहरुको पारिश्रमिकविहीन सेवा कार्य र विकासमा उनीहरुको नेतृत्वमाथि जलवायु परिवर्तनले पारेको असर’ विषयक अन्तक्र्रियामा जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै क्षेत्रबाट सहभागीमूलक ढङ्गले गर्नुपर्ने उपायहरुमा छलफल भएको थियो ।
सहभागीहरुले जलवायु परिवर्तनबाट महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यमा बढी असर परेको र त्यसले गर्दा विकास कार्य र सामाजिक सहभागितामा समेत प्रभाव परेको धारणा राख्नुभयो । नेपान अध्यक्ष चेतनाथ कणेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त कार्यमूलक अनुसन्धानमा हेल्भेटास नेपालको कोपिला नामक परियोजनाका तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभएकी उषा अर्याल (दाहाल)ले कार्यपत्र प्रस्तुत गर्र्नुभएको थियो ।
कार्यपत्रमाथि नेपान सदस्यहरु तोया गौतम, लालबहादुर वली, रुपा बस्नेत, सिंहबहादुर खड्का, दिवेश सायमी, गोविन्दराज पौडेल र एजिङ नेपालकी सञ्जु थापाले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com