ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मलाई मन्त्री नबनाउनु होला” मोदीलाई अर्थमन्त्री अरुण जेट्ली पत्र


एबीसी न्यूज
जेष्ठ १६, २०७६ बिहीबार  ८ : ४३ बजे


काठमाडौं, १६ जेठ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुनु हुने भएको छ ।

बिहीबारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उहाँ अस्वस्थताका कारणले सहभागी नहुनुहुने भएको हो । प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उहाँले आफूलाई मन्त्री नबनाउन आग्रह गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मन्त्रिपरिषद् गठनको छलफलमा रहनुभएका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा जेट्नीले लेख्नुभएको छ, “मैले औपचारिक रुपमा यो पत्रमार्फत् तपाईसँग यो आग्रह गर्दछु की, अहिले म पूर्ण रुपमा स्वस्थ भइसकेको छैन, मेरो उपचार भइरहेको छ, त्यसैले नयाँ सरकारमा सहभागी हुनेगरी मलाई कुनै जिम्मेबारी नदिनु होला ।”

भारतीय जनता पार्टी ९भाजपा०का ६६ वर्षीय नेता जेट्ली गत शुक्रबारदेखिको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित हुनुभएको छ ।

उहाँले पत्रमा अगाडि लेख्नुभएको छ, “गत १८ महीनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेबारी नलिन सुझाव दिएका छन् ।”

आफूलाई निको भएपछि भविष्यमा अन्य जिम्मेबारीमार्फत् आफूले सहयोग गरिनै रहने पनि उहाँले उल्लेख गर्नुभएको छ । आफ्नो पार्टीले ३०३ सिट जितेर पार्टी कार्यालयमा भव्य विजय उत्सव मनाएको क्षण देख्ने अवसर गुमाउनु परेको स्मरण गर्नुभएको छ ।

विगत केही दिनदेखि नेता जेट्ली सार्वजनिक रुपमा देखिनु भएको छैन भने उहाँको स्वास्थ्य अवस्थालाई लिएर आम चासो पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com