ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङको ग्रेटवालमा दैनिक ६५ हजार पर्यटक


एबीसी न्यूज
जेष्ठ १५, २०७६ बुधबार   ६ : ४३   बजे

बेइजिङ, १५ जेठ ।  चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ । उक्त दैनिक पत्रिकाले गएको जुन १ देखि गरेको अध्ययनमा सो तथ्यांक भेटिएको समाचारमा जनाइएको छ ।

बेइजिङबाट ६० किलोमिटर उत्तरपश्चिम क्षेत्र याङ्किङ काउन्टीबाट लिइएको तथयांकमा सो संख्याका पर्यटकहरुले ग्रेट वालको भ्रमण गरेको भेटिएको हो । ग्रेट वाल चीनको प्रख्यात पर्यटकीय संरचना हो ।

चीन जाने विदेशी पर्यटकहरुका साथै स्वदेशी पर्यटकका लागि पनि ग्रेट वाल एक ठूलो आकर्षण हो । सन् १९५० यता सो ग्रेट वालमा विदेशका उच्चस्तरीय व्यक्तित्व र राष्ट्र प्रमुखहरुलगायत पुग्ने गरेको पाइन्छ । यद्यपी ग्रेट वाल बेइजिङको एक मात्र पर्यटन स्थल भने होइन । ग्रेट वालमा मात्र गत वर्ष करिब एक करोड पर्यटक पुगेका थिए ।

उक्त दैनिक पत्रिकाले दिएको तथ्यांकमा सो जानकारी दिइएको छ । बेइजिङमै रहेको प्यालेस मुजियममा पनि ठूलो संख्याका पर्यटकहरु आउने गरेका छन् । सोही दैनिक पत्रिकाले दिएको जानकारीअनुुसार त्यहाँ एक दिनमा नै ८० हजार पर्यटक जाने गरेका छन् । यस वर्षको अप्रिलबाट राष्ट्रिय मुजियम अफ चाइनाले दैनिक ३० हजार पर्यटक पुग्ने गरेका छन् । उक्त म्युजियमले हरेक दिन ३० हजार जना पर्यटकले मात्र त्यहाँ भ्रमण गर्न पाउने गरी सो योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group