ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्सिजन अभावले ब्राजिलको कारागारमा ४२ कैदीको ज्यान गयो


एबीसी न्यूज
जेष्ठ १४, २०७६ मंगलबार   ८ : ३१   बजे

काठमाडौं, १४ जेठ । ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् ।

ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् । अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ । घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ ।

अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ । ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ । अहिले रहेका कैदीमध्ये झण्डै आधा मात्रै अट्ने क्षमता ब्राजिलका कारागारको छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ ।
कारागारमा लगातार भइरहेको अप्रिय घटनापछि ब्राजिल सरकारमाथि कारागार पुर्नसंरचना गर्नुपर्ने मत उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group