ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैन– परराष्ट्रमन्त्री


एबीसी न्यूज


काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ ।

सो सन्दर्भमा रासस प्रतिनिधि दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए ? यो भ्रमण दुवै मित्रराष्ट्रको औपचारिक भ्रमण हो । तीव्र आर्थिक विकास गर्दै अगाडि बढेका भियतनाम र कम्बोडियाको प्रगति र द्वन्द्व व्यवस्थापनका बारेमा अध्ययन गर्नु र युद्धले ध्वस्त भएको मुलुकले छोटै समयमा कसरी आर्थिक रुपान्तरण र उपलब्ध प्राप्त गर्न सक्छ भन्ने कुरा सिक्नु भ्रमणका उद्देश्य थिए ।

अर्को कुरा देशको समृद्धिको यात्रामा योगदान दिन व्यापार र लगानीको खोजी र पर्यटनको प्रवर्द्धनमा नै भ्रमण केन्द्रित रह्यो । मन्त्रीज्यू, तपाईं परराष्ट्र मन्त्री हुनुभएपछि देशको परराष्ट्रनीति अलि फराकिलो हुँदै गएको अनुभूति भएको छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ? हो, मैले परराष्ट्र मन्त्रालय सम्हालेपछि सकारात्मक सक्रियता बढाएको छु । नेपालजस्तो देशलाई फराकिलो कूटनीतिक दायराको आवश्यकता छ र यसलाई मैले मुख्यतः चार आयाममा व्याख्या गरेको छु, पहिलो आयाम ः छिमेक सम्बन्ध, दोस्रो आयाम ः विकास साझेदारसँग लगानी र प्रविधि आदानप्रदान, तेस्रो आयाम ः श्रम गन्तव्य मुलुकसँग श्रमसम्बन्धी कूटनीतिक छलफल र चौथो आयाम ः आफूजस्तै साना र विकासोन्मुख देशको सम्बन्ध बढाउने रचनात्मक कूटनीतिक दायरा विस्तार । यी सबै कार्यमा मैले सफ्ट पावर र स्मार्ट पावरको विस्तारमा ध्यान दिएको छु ।

त्यसैले अहिले देशको कूटनीतिक दायरा केही फराकिलो भएको छ । हाल देशमा कम्युनिष्ट सरकार छ । सरकारले क्रमशः चीन, भियतनाम र कम्बोडियाजस्ता मुलुकको भ्रमण गरिरहँदा यसको राजनीतिक र रणनीतिक महत्व के हुन सक्छ ? हाम्रो राजनीतिक अभीष्टभन्दा पनि विकास नै पहिलो प्राथमिकता हो । नेपालले राष्ट्रिय हित र अन्तरराष्ट्रिय कानूनअनुकूल रहेर विकास अभियानअगाडि बढाइरहेको छ । यसबीचमा सरकारले १६– १७ वटा मुलुकसँग भ्रमण आदानप्रदान गरिसकेको छ । त्यसकारण यो भ्रमणलाई अन्य अर्थबाट प्रष्ट्याउन जरुरी छैन । विकासका राम्रा पक्ष सिक्न कुनै राजनीतिक आइडोलोजीसँग तर्सिनु पर्दैन । यस भ्रमणबाट मुख्यतः कुन पक्षमा ठोस फाइदा पुगेको छ ? प्रधानमन्त्रीले भन्नुभएजस्तै हामी सबै मुलुकसँग विश्वासको वातावरण निर्माण गर्न चाहन्छौँ ।

यस सन्दर्भमा यो भ्रमण मित्रराष्ट्रहरूसँग सम्बन्ध बढाउने र विश्वासको वातावरण निर्माण गर्ने कुरामा अत्यन्तै सफल र सकारात्मक रह्यो । मूलतः दुवै देश बौद्धमार्गीहरूको बाहुल्य रहेका देश हुन् । नेपाल गौतम बुद्धको जन्मस्थल भएको हुनाले धार्मिक, पर्यटन प्रवर्द्धन गर्नका निम्ति यो भ्रमण अत्यन्त सकारात्मक र सफल रह्यो । प्रधानमन्त्रीज्यूले अन्तरराष्ट्रिय वैशाख दिवसका अवसरमा करीब ११२ मुलुकका प्रतिनिधिका बीच यो कुरालाई प्रष्ट्याउनुभएको छ र लुम्बिनीको भ्रमण गर्नका निम्ति सबैलाई आह्वान पनि गर्नुभएको छ । त्यस अर्थमा यो भ्रमण नेपालको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुनेछ ।

यस भ्रमणको सिलसिलामा केही सम्झौता र आशयपत्रमा हस्ताक्षर भएको छ । यसको कार्यान्वयन कहिले र कुन गतिमा अगाडि बढ्ला ? ती सम्झौता र आशयपत्रहरूको कार्यान्वयनका निम्ति हामीले कन्सल्टेसन मेकानिज्म बनाएका छौँ जसले आजदेखि नै काम शुरु गरेको छ । त्यसकारण त्यसको कार्यान्वयन पक्ष तीव्र गतिमा अगाडि बढ्छ, त्यसमा कुनै शङ्का छैन । ०० नेपालको भूराजनीतिक जटिलता एकातिर छँदैछ, अर्कातिर तीव्र आर्थिक वृद्धिमा जानुपर्ने अनिवार्य आवश्यकता छ, यस सन्दर्भमा हेर्दा हाम्रो अर्थकूटनीति कसरी प्रभावकारी बनाउन सकिएला ? परराष्ट्र मन्त्रालयले अहिले देशगत प्रोफाइल(पार्श्वचित्र) बनाउने काम गरिरहेको छ ।

कुन देशसँग के अपेक्षा छ र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने प्राथमिकतामा राखेर देशगत प्रोफाइल बनाएका छौँ । अहिलेको सरकार नीतिगत रुपले स्पष्ट छ । परराष्ट्र मन्त्रालयले देश बाहिर रहेका राजदूतहरूलाई स्पष्टरुपमा निर्देशन दिइसकेको छ । राजदूतहरूको मूल्याङ्कन उनीहरूले तत्तत् देशसँग व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, लगानी र प्रविधि भित्र्याउने दिशामा के के काम गरेका छन् भन्नेबाट नै हुनेछ । अब राजदूतहरू देशको स्पष्ट परराष्ट्र नीतिका आधारमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने गरी नै केन्द्रित हुनुहुनेछ भन्ने विश्वास मन्त्रालयले गरेको छ । परराष्ट्रमन्त्रीको हैसियतमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई के आग्रह गर्न चाहनुहुन्छ ? सर्वप्रथम म सबैलाई देशमा केही पनि हुँदैन भन्ने खालका निराशाका अभिव्यक्ति बन्द गर्न आग्रह गर्दछु ।

सबैले देशको विकास, समृद्धि र सामाजिक रुपान्तरण सम्भव छ र यो सरकार त्यस कुरामा केन्द्रित छ भन्ने ढङ्गले नै सम्प्रेषण गरिदिनुहुन आग्रह गर्दछु । यो सरकार विकास र समृद्धि, सामाजिक र आर्थिक रुपान्तरणमा हरेक किसिमले अहोरात्र खटिएको छ र त्यो प्राप्त गर्नका निम्ति सफल पनि हुनेछ भन्ने विश्वास मलाई छ । स्वदेश तथा विदेशी लगानी उत्पादनमूलक क्षेत्रमा खर्च गर्न पनि म सबैलाई आग्रह गर्दछु । विभिन्न भ्रमणका सिलसिलामा हामीले बाह्य मुलुकसँग स्पष्टरुपमा आफ्नो देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लगानी भित्र्याउन आग्रह गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com