
काठमाडौं,२७ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कडा कदम चालेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताउनु भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी उपत्यकामा लिएरै छाड्ने बताउनु भयो । आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याउने बताउनु भयो ।
मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै आफू प्रधान मन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गराउनु भयो । उहाँले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताउनु भयो । प्रचण्डले मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै रहेको आरोप समेत लगाउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्