ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व : मुख्यमन्त्री राई


admin
बैशाख २७, २०७६ शुक्रबार  ३ : २६ बजे

काठमाडौं,२७ बैशाख । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।

सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उहाँहरुको धारणा छ ।

‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘महिला हिंसा न्यूनीकरण मानवअधिकार संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ विषयक “राष्ट्रिय अभियान” कार्यक्रममा उहाँहरुले उक्त धारणा राख्नु भएको हो ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अपराध र हिंसाबाट समाजलाई मुक्त गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न सबैको दायित्व हो भन्नुभयो । मुख्यमन्त्री राईले एउटा निश्चित उद्देश्य र लक्ष्य पूरा गर्न राज्य अघि बढिरहेको अवस्थामा सबैको सम्मान हुनुपर्छ भन्दै सरकारले सुरक्षा र सुशासनलाई विशेष जोड दिएको चर्चा गर्नुभयो ।

उहाँले प्रदेशको सुरक्षालाई बलियो र सुदृढ बनाउन सरकारले धेरै सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै हिंसामा परेकालाई समाजमा पुनःस्थापित गराउन प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा पुनःस्थापना केन्द्र स्थापना गर्ने जानकारी दिनुभयो । प्रदेश नं–१ का उपसभामुख सरस्वती पोखरेलले महिलालाई उच्च सम्मान दिनुपर्ने समाजमा महिला हिंसा, बलात्कार र शोषणका घटना बढ्नु दुःख लागेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि महिलाले पीडित बन्न नपरोस् भन्ने हेतुले नेपाल प्रहरी कार्यरत क्षेत्रमा निकै संवेदनशील छ भन्नुहुँदै अपराधका घटना बढ्नु, यौनजन्य, शोषण र बलात्कार घटना हुनुमा समाजको परिवेशले पनि चित्रण गर्छ भन्नुभयो ।

उहाँले कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौँमा रु पाँच करोड ८१ लाख लागतमा सिसी क्यामेरा जडान गर्न लागको जानकारी दिँदै समाजलाई सुरक्षित पार्न यस्ता उपकरण सहयोगी रहेको चर्चा गर्नुभयो ।

उहाँले बुटबल, सुर्खेत र चितवनमा खुल्ला कारागार निर्माण गर्ने अवधारणा ल्याएको स्पष्ट पार्दै कानूनको अज्ञानतालाई कम गर्न ल्याएको अभियान अहिले एक लाख ९० हजार जनतामा पुगेका र भविष्यमा ६० लाख जनता माझमा पुग्ने जानकारी दिनुभयो । आयोगका सदस्य मोहना अन्सारीले मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र समाजमा महिला सुरक्षित रहन्छन् भन्नुभयो ।

प्रदेशका प्रमुख न्यायधिवक्ता चुडामणि आचार्यले समाजलाई सबै क्षेत्रबाट सुरक्षित पार्न सचेतना र चेतनामूलक कार्यक्रम सञ्चालन हुनुपर्छ भन्नुभयो । आयोगका विराटनगर कार्यालय निर्देशक मोहनदेव जोशीले प्रदेश नं.१ अन्तर्गतका १४ जिल्लामा बलात्कार, महिला हिंसा र शोषण, बालविवाह, बेचविखन जस्ता घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा महिला हिंसामा पीडित चारजना महिलाले गोप्य स्थानबाट आफूले भोगेका समस्या कार्यक्रममा टेलिफोनकोमार्फत आउने आवाजलाई म्याकमा राखेर सबैलाई सुनाउँदा धेरै मानिस मलिन भएका थिए । आफ्ना चितकार सुनिरहेका मानिसले यस्तो दुःख दिने र हिंसामा पारेर अरुलाई सताउने मानिसलाई कानूनले कडा भन्दा कडा कारवाही हुनुपर्ने भनिरहेका थिए भने प्रहरी महानिरीक्षक खनाले आफ्ना प्रहरीलाई यस्तो घटनाबाट पीडित भएकालाई सहयोग गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ स् पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com