ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलाले ८ सय हेक्टर वनमा क्षती


admin
बैशाख २७, २०७६ शुक्रबार  १२ : ४३ बजे

कञ्चनपुर,२७ बैशाख । कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ । लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, रुखका सुकेका पातमा आगो सल्किँदा बढी डढेलोको प्रकोप खेप्नुपरेको डिभिजन वन कार्यालय कञ्चनपुरका डढेलो नियन्त्रणको कार्यमा संलग्न रेञ्जर शिवराज अवस्थीले बताउनुभयो ।

डढेलोका कारण सबैभन्दा बढी लालझाडी गाउँपालिकाको रतसेमा सुकेका सय बढी रुखको टुप्पोसम्म आगो लाग्दा निभाउनका लागि दमकलको प्रयोग गरे पनि नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएपछि १७ वटा रुख ढालेर नियन्त्रण गर्नुप¥यो रेञ्जर अवस्थीले भन्नुभयो, “दुई÷तीन दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको छ ।”

ढालेका रुख सवडिभिजन वन कार्यालयको मातहतमा रहने गरी घाटगद्दीमा राखिएको उहाँको भनाइ छ । डढेलोबाट बेदकोट नगरपालिका–३ मा रहेको सामुदायिक वनमा टिम्बर कर्पोरेसनले घाटगद्दीमा राखेको काठ र दाउरा जलेर नोक्सानी भएको छ । सुक्खायाम लम्बिँदा डढेलोका घटना बढेका हुन ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, डढेलो नियन्त्रण दलले सघाउ पु¥याउँदै आएका छन् । डढेलो नियन्त्रणका लागि नेपाली सेनाले पनि साथ दिएको डिभिजन वन कार्यालयका रेञ्जर अवस्थीले भन्नुभयो, “डढेलो लागेको खबर आएपछि नेपाली सेनालाई गुर्हाछौँ । जुनसुकै बेला पनि आएर नियन्त्रणमा सघाउ पु¥याउने गरेका छन् ।”

वन कार्यालयले रु दुई लाख खर्चेर फायर प्रुफ ज्याकेट (जम्प सुट), स्वाटर, रेक वे, ब्याग प्याक, मास्क, पञ्जा, हेल्मेटको व्यवस्था गरी छ वटा डढेलो नियन्त्रण गर्ने टोलीलाई तालीमसहित डढेलो लागेका क्षेत्रमा परिचालन भएका छन् । टोलीको सक्रियताका कारण डढेलो लागेको धेरै वन क्षेत्र जोगाउन सकिएको रेञ्जर अवस्थीले बताउनुभयो ।

डढेलो नियन्त्रणमा सक्रिय शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा डढेलोका कारण चुरे क्षेत्रमा व्यापक क्षति पुगेको बताउनुहुन्छ । उहाँका अनुसार ढलापडा रुख समयमै सङ्कलन गर्न नसक्दा धेरै रुख जलेर करोडौँको नोक्सानी भएको छ । “वन क्षेत्रमा संरक्षित जनावरको बासस्थान डढेलोले गर्दा नासिएपछि जनावर बस्ती क्षेत्रमा पुग्न थालेका छन्”, उहाँले भन्नुभयो, “जनावर र मानवीय द्वन्द्व बढ्न थालेपछि जनावर मारिने सम्भावना बढेर गएको छ ।

” विकट चुरे क्षेत्रमा पुग्नै मुश्किल, पुग्न सके पनि हावाहुरी कारण डढेलो नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको उहाँको भनाइ छ । चोरी शिकारीले शिकार गर्नेक्रममा, गाईबस्तु चराउने गोठाला, वन क्षेत्र अतिक्रमण गर्ने र माहुरीको मह खोज्नेले वन क्षेत्रमा आगो लगाउँदा डढेलोको प्रकोप निम्तिने गरेको छ ।

वन छेउ छाउका बासिन्दालाई वन क्षेत्रमा डढेलो लाग्नअगावै अपनाउनु पर्ने सावधानीका बारेसमेत सचेतना गर्ने कार्य, वन क्षेत्रमा डढेलो लाग्ने कार्यबाट बचाउन चुरोट, बिँडीका ठुटा खाएर नफाल्ने, लाइटर र सलाइको प्रयोग नगर्न सर्वसाधारणलाई एफएम रेडियो, पत्रपत्रिका र पर्चा पम्पलेटमार्फत सन्देश पु¥याउने कार्य गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष एक हजार २०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यस वर्षको अहिलेसम्म ८०० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको छ । यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वर्कोला र पूर्वी सेक्टर क्षेत्रमा डढेलो लाग्दा चराचुरुङ्गीको बासस्थान, पुनःउत्पादन भएका बिरुवा, बोट बुट्यानमा क्षति पुगेको छ । एक अध्ययनअनुसार वन क्षेत्रमा प्राकृतिक कारणले चार, मानवीय कारणले ६४ र भवितव्यबाट ३२ प्रतिशत डढेलो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

सम्बन्धित

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ स् पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com