ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीले गरे बनारसबाट उम्मेदवारी दर्ता


admin
बैशाख १३, २०७६ शुक्रबार  ४ : ३० बजे

एजेन्सी,१३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ ।

सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ । सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन् ।

ती दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन् । प्रधानमन्त्री मोदीले सो मनोनयन दर्ता गर्ने बेलामा ती २८ ओटै गठबन्धन राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए । भारती जनता पार्टीको नेतृत्वमा उक्त नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए) गठन भएको हो ।

उहाँको मनोनयका समयमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय जनता पार्टीका अरु केन्द्रीय नेताहरु, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरुको सो अवसरमा सहभागिता रहेको बनारसबाट प्राप्त समाचारमा जनाइएको छ ।

मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो । उहाँ गएको निर्वाचन सन् २०१४ मा पनि बनारसका अतिरिक्त गुजरातबाट निर्वाचन लड्नुभएको थियो । उहाँले सो निर्वाचनमा यी दुवै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो । त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन् । त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

भारतमा यहाँको संसदको तल्लो सदन, लोकसभाका ५४३ स्थानका लागि मतदान जारी छ । अहिलेसम्म देशका विभिन्न स्थानमा छ चरणको मतदान भइसकेको छ । अब आगामी चरणको निर्वाचनपछि मे २३ मा परिणाम घोषणा हुने कार्यक्रम रहेको भारती निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com