ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी र गभर्नर लिउबीच शिष्टाचार भेट, (यस्तो छ भ्रमण तालिका)


एबीसी न्यूज
बैशाख १२, २०७६ बिहीबार  ४ : ३८ बजे

काठमाडौं, १२ बैशाख । चीनको ९ दिने भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको सान्सी प्रान्तका गभर्नर लिउ गाओझाङ ले शिष्टाचार भेट गर्नुभएको छ ।

बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको पर्यटनलगायतका विषयमा छलफल भएको जनाइएको छ।

सान्सीमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँ रहेको तासियान बुद्ध मन्दिरको अवलोकन भ्रमण गर्नुभएको छ। राष्ट्रपति भण्डारी सान्सीको अवलोकन तथा भ्रमण र औपचारीक भेटघाट पछि आजै चीनको राजधानी बेइजिङ तर्फ जाँदै हुनुहुन्छ । बेइजिङमा आजदेखि दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको सम्मेलन हुँदैछ। सम्मेलनको भोलि उद्घाटन सत्रमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारी दुई दिन बिआरआई सम्मेलनका विभिन्न सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ। सम्मेलनमा शुक्रबार विश्वका उच्च नेताहरुको सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै शनिवार पनि सम्मेलन अन्तर्गतको गोलमेच बैठकमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। शनिवार राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा सहभागी हुनुहुने छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आगामी सोमबार चिनियाँ राष्ट्राध्यक्ष सि जिङपिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन आयोगका प्रमुख नेता चाउ लचीसँग पनि भेटवार्ता हुनेछ।

सोमबार हुने राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीसँगको बैठक पछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com