ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने’– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज

काठमाडौँ, १० वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारभन्दा प्रदेश सरकार नयाँ भएकाले यो एकवर्ष संरचना र ऐन नियम बनाउन लागिएको बताउनुभयो ।

सरकार गठन हुँदासम्म कहाँ बस्ने र कोसँग शपथ लिने भन्नेसम्मको अन्यौलता रहेको उहाँले बताउनुभयो । अहिले आवश्यक पर्ने ऐन, नियमको निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“सबै चुनौती सामना गर्दै अहिले हामी यो अवस्थामा आइपुगेका छौँ ।” नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान९नास्ट० ले अपेक्षाकृत काम गर्न नसकेको उहाँले औँलाउनुभयो । नास्ट परिणाममुखी काममा लाग्नुपर्नेमा उहाँको जोड छ । नास्टले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने उहाँले औँलाउनु भयो । सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज जिसीले अहिले नेपालमा एक तिहाइ युवा जनसङ्ख्या हुनु देश विकासका लागि सम्भावनाका रुपमा रहेको औँल्याउनु भयो ।

विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्नका लागि प्रदेशस्तरमा संरचना आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संरचना निर्माण गर्न र सञ्चालनका लागि सङ्घ र प्रदेश सरकार दुबैको समन्वयको खाँचो छ ।” प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश सरकारले एक वर्षमा थोरै भए पनि उल्लेखीय काम गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयको ज्ञानलाई व्यवहारसँग जोड्न त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।”

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक संसद् रामेश्वर फुँयालले योग्यताअनुसारको काम र कामअनुसारको दामका लागि सरकार तयार भएको बताउनुभयो । प्रदेश सांसद रमा आलेमगरले प्रदेश नं ३ ले अरु प्रदेशका सकारात्मक कुरा अवलम्बन गरिरहेको बताउनुभयो । प्रा डा रामेश्वर अधिकारीले देश विकासमा युवा वैज्ञानिकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

देशभरका युवा वैज्ञानिक सहभागी रहेको सम्मेलन भोलिसम्म चल्नेछ । चौध डिभिजन कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण सङ्घीय सरकार मातहतका १४ वटा डिभिजन कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । सडकका विभिन्न योजना प्रदेश सरकारमा हस्तान्तरण भएसँगै भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग मातहतका यी कार्यालयका भवन र जनशक्ति हस्तान्तरण भएको हो । सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएपछि प्रदेश कार्यालयमा डिभिजन हस्तान्तरण भइरहेको विभागका सहप्रवक्ता अर्जुन सुवालले बताउनुभयो । यसअघि ३४ डिभिजन कार्यालय रहेकामा २० सङ्घअन्तर्गत नै रहने र १४ वटा हस्तान्तरण भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सडक निर्माणमा प्रदेश सरकारले पनि बजेट छुट्टाइरहेकाले उनीहरुलाई कार्यालय हस्तान्तरण भएको हो ।” सडक विभागले प्रदेश सरकारलाई हस्तान्तरण गरेका कतिपय सडक भने फेरि सङ्घमै फर्किरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । एकातिर डिभिजन हस्तान्तरण भइरहेको र अर्कातिर सडक फर्किरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले सडकका योजनासँगै बजेट सङ्घीय सरकारलाई फर्काएका हुन् । उहाँले भन्नुभयो, “उनीहरुले फर्काए पनि सडक योजना सम्पन्न गर्न त्यो रकम पर्याप्त छैन ।” मन्त्रालयले कस्ता सडक कुन सरकारले निर्माण गर्ने भन्ने खाका मन्त्रिपरिषद्मा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com