
काठमाडौं,२९ चैत । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दावी गर्नु भएको छ ।
नेता महतोले सरकारले दुई तिहाई जनमतको दूरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पार्नु भयो ।
शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उहाँले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गर्नु भयो ।
नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई आफ्नो दूत बनाएर मधेशमा पठाएको आरोप पनि लगाउनु भयो ।








प्रतिक्रिया दिनुहोस्