ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रममा अवरोध


admin
चैत्र २९, २०७५ शुक्रबार  ४ : ३३ बजे

काठमाडौं,२९ चैत । नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेस निकट कर्मचारी सङ्घले अवरोध गरेको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा आज सङ्घले तालाबन्दी गरेको हो ।

निर्वाचन बिथोल्न खोजिएको भन्दै अन्य प्रतिस्पर्धी सङ्गठनले विरोध गरेपछि प्रहरीले आजै ताला खोलेको छ । निर्वाचन अवरोध गर्ने क्रियाकलापलाई भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

युनियनका संयोजक रामेश्वर पौडेलले पूर्व घोषित निर्वाचन कार्यक्रमअन्तर्गत आज सबै मतदान केन्द्रमा शुरु मतदाता नामावली प्रकाशन गरिँदै थियो । आधिकारिक टे«ड युनियनको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने, केही मतदाता केन्द्रमा नामावली टाँस्न अवरोध सिर्जना गर्ने, नामावली च्यात्नेजस्ता गतिविधि भएको संयोजक पौडेलले आपत्ति जनाउनु भएको छ । संयोजक पौडेलले पूर्वघोषित कार्यक्रममा कुनै अवरोध नगर्नसमेत आग्रह गर्नुभएको छ ।

प्राधिकरणले आगामी वैशाख १९ गते आधिकारिक टे«ड युनियनको निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचन अधिकृत बेलप्रसाद शर्माका अनुसार आगामी वैशाख ५ गते उम्मेदवारी दर्ता गर्ने र निर्वाचनमा सहभागी युनियनको नामावली प्रकाशन गर्ने, ६ गते दाबी विरोध गरी स्वीकृत उम्मेदवारको नामावली प्रकाशन गर्ने र वैशाख ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । निर्वाचनको प्रारम्भिक कार्यक्रम शुरु भएकै दिन कर्मचारी सङ्घले निर्वाचन अधिकृतको कार्यकक्षमा ताला लगाएको छ ।

सङ्घले भने निर्वाचनको वातावरण नभएको भन्दै घोषित मितिमा निर्वाचनमा सहभागी हुन असमर्थ रहेकाले विरोध गर्नुपरेको जनाएको छ । संस्थाको हित विपरीत गतिविधि गरेको भन्दै प्राधिकरणले सङ्घका अध्यक्ष जनार्दन भट्टराईलाई केही दिन पहिले स्पष्टीकरण सोधिएको तर अध्यक्ष भट्टराईले स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गर्दै आउनुभएको छ ।

प्राधिकरणले भने पटक पटक आग्रह गर्दासमेत स्पष्टीकरणपत्र नबुझे सार्वजनिक सूचनामार्फत् स्पष्टीकरण सोध्ने तयारी गरेको छ । यही चैत २५ गते प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको मर्यादा र हित विपरीतका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिएको बताउनुभएको थियो । प्राधिकरणमा हाल तीन सङ्गठन क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com