ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन : हावाहुरी पीडित


admin

काठमाडौं, २९ चैत । हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।”

रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो । रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान प्राप्त भएकामा खुशीको सीमा नै थिएन ।

आलो सुत्केरी के गर्नु हावाहुरीले घरै उडाएपछि बच्नैका लागि बच्चा च्यापेर छिमेकीको घरमा जान बाध्य बनायो । ‘‘बिहान ७ बजे छोरी जन्मिइन् साँझ ७ बजेको समयमा हेलिकप्टर कराएको जस्तो गट्ट आवाज आयो, एकैछिनमा घर उडायो’’ उहाँले भन्नुभयो । १२ वर्षकी छोरी र आफ्नो ज्यान जोगाउन सफल भएकी आशादेवीलाई आफ्नो र छोरीको ज्यान बचे पनि अबको भविष्य के हुने हो त्यसको चिन्ताले सताइरहेको छ ।

“हावाहुरीले घरसँगै भाडावर्तन, कपडा, खाद्यान्नलगायतका सम्पूर्ण बन्दोवस्तीका सामान उडाएर लग्यो”, रवीन्द्र र आशा दम्पतीले भन्नुभयो, “कहाली लाग्दो हुरीकै दिन जन्मेकाले छोरीको नाम आनी राखेका छौँ ।” उहाँहरूका अनुसार मैथिली भाषामा आनी भनेको हुरी आयो भन्ने बुझिन्छ ।

विवाह भएको आठ वर्षमा पहिलो सन्तान जन्मेको बताउने सोही स्थानकी अर्की सुत्केरी कविता रामको पनि कम पीडा छैन । शल्यक्रिया गरेर छोरी जन्माएको नौ दिनको दिन हावाहुरी आएर आफ्ना खुशी पीडा र व्यथामा बदलिदिएको उहाँले बताउनुभयो । “हावाले घर एकैचोटी उडायो ।

नाबालक छोरीलाई च्यापेर खाटमुनि पसी ज्यान बचाएँ”, मलिनो अनुहार बनाउँदै उहाँले भन्नुभयो, “मलाई त बाँचौँला जस्तो लागेको थिएन, धन्न बाँचियो ।” उहाँका श्रीमान् दिनेश राम कामबाट राति ९ बजेतिर घर फर्कनुभएको थियो ।

रवीन्द्र तथा दिनेश दम्पतीजस्तै यतिखेर भलवलियामा मात्र एक महीनाभित्र सुत्केरी भएका १० जना महिला तथा नवजात शिशु रहेको स्थानीय राहत व्यवस्थापन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिनुभयो । सुत्केरीले स्याहार पाउनुपर्ने बेलामा घरवास नै उडाएर विचल्ली पारेका कारण समस्या भएको उहाँको भनाइ छ ।

सुत्केरी र नाबालक शिशुका लागि राहत

हावाहुरीबाट पीडित भलवलियाका सुत्केरी र नाबालक शिशुका लागि पोखराबाट गएको एक टोलीले राहत सामग्री वितरण गरेको छ । विपन्न र असहाय वर्गका बालबालिकाको क्षेत्रमा कार्यरत रेन्बो चिल्ड्रेन होम नेपालले उनीहरुको लागि तत्काल आवश्यक म्याटेस, तकिया, तन्ना, हर्लिस एवं बच्चाका लागि आवश्यक सरसफाइका सामग्री प्रत्येक घरघरमा पुगेर वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रभावित क्षेत्रको अध्ययनका क्रममा १० जना सुत्केरी आमा र वच्चाको संवेदनशीलताका आधारमा वीरगञ्ज बजारबाट सामान खरीद गरेर पीडितलाई वितरण गरेको हो । सो अवसरमा कूल रु दुई लाख मूल्यबराबरको राहत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा सो क्षेत्रमा पुग्नुभएका नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जका प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापाले हावाहुरीको कारण जोखिममा परेका मातृशिशुको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउँदै सो क्षेत्रमा खानपिन र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

खानेकुरा छ पकाउन पाइँदैन

बारा भलवलियाका हावाहुरी पीडितलाई यतिखेर चामल, दाललगायतका खानेकुरा जेनतेन उपलब्ध भए पनि पकाउने समस्याका कारण समयमा पेटभरि खान पाएका छैनन् ।

घरवास नै उडेपछि अहिले नेपाली सेनाले उपलब्ध गराएको त्रिपालको ओत रहेको बताउने यहाँका पीडित पानी पर्ने गरेकाले बाहिर पकाउन नसकिने तर टेन्टभित्र आगो बाल्न नमिल्ने हुँदा साँझ÷बिहान खाना पकाउनसमेत समस्या भएको बताउँछन् ।

टेन्टभित्र दाउरा बाल्न नमिल्ने, ग्यास सिलिण्डर चुलो नहुँदा आफूहरू समस्यामा परेको स्थानीयको गुनासो छ । हावाहुरीको कारण सो क्षेत्रका सम्पूर्ण सिमेन्ट पोल ढलेर प्रभावित भएको विद्युत् सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ ।

खेतमा लगाइएको गहुँ बाली नष्ट भएको, गोठ उडाएपछि पशुपालनमा समेत समस्या जटिल बन्दै गएको छ । हुरीको कारण भलवालियामा मात्र चार जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भई अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको स्थानीय शिवजी गुप्ताले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनमा विद्यार्थी

हावाहुरी प्रभावित क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थीले एकहप्ते विपद् स्थापनका लागि श्रम शिविर सञ्चालन गरेका छन् । अखिल नेपाल विद्यार्थी सङ्गठन र क्रान्तिकारीको लगभग २०० विद्यार्थी नेताले सो क्षेत्रमा भग्नावशेष हटाउने, एसइई परीक्षामा संलग्न विद्यार्थीलाई पठनपाठन र खानाको व्यवस्थापनलगायत २२ वटा अस्थायी शौचालय निर्माण गरेको अखिलका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिनुभयो ।

हावाहुरीबाट विशेष गरी विपन्न वर्ग प्रभावित हुने गरेको पाइएको छ । उक्त गाउँमा रहेको ४०० घरमध्ये ३४० घर पूर्णरुपमा क्षति भएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट उपलब्ध गराइएको राहतले तत्कालका लागि समस्याको समाधान भए पनि आफ्नो घर पुनःनिर्माण भएर परिवारसहित वास बस्न नपाएसम्म हावाहुरी पीडितले दीर्घकालीनरुपमा राहतको महसुस नहुने स्थानीयवासीको सामूहिक धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com