ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु


एबीसी न्यूज


काठमाडौं , २८ चैत । भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ ।

तल्लो सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्नेछन् । यी मतदाताका लागि १० लाख बढी मतदान केन्द्र तोकिएका छन् । भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ ।

लोकसभाका लागि ५४३ सदस्य निर्वाचित हुनेछन् । कम्तिमा २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकारको नेतृत्व गर्नेछ । यसै चुनावबाट भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालको लागि दोहोरिने कि नदोहोरिने भन्ने फैसला पनि हुने छ ।

यसपटक भाजपालाई राहुल गान्धी नेतृत्वको कांग्रेसले टक्कर दिने बताइएको छ । सन् २०१४ मा भएको लोकसभा चुनावमा २८२ सिट जितेको भाजपाबाट सरकारको नेतृत्वमा पुगेका थिए मोदी । त्यतिबेला कांग्रेसले २८ सिट मात्र जितेको थियो ।

पहिलो चरणमा १० राज्यका सबै सिटमा आज मतदान सम्पन्न हुनेछ । यस्तै आन्ध्रप्रदेशका सबै १७५ सिट, अरुणाचल प्रदेशका सबै ६०, सिक्मिका सबै ३२ र ओडिसाका १४७ मध्ये २८ सिट विधानसभाका लागि पनि बिहीबार नै मतदान भएको छ ।

पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ । यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com