ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पटक कारागारमै कैदीलाई नागरिकता


admin
चैत्र २७, २०७५ बुधबार  ४ : २७ बजे


डोटी, २७ चैत। जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका ५ बस्ने २१ वर्षीय हरि विकलाई कारागारमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।

“म केही दिन पहिले कारागारमा गएको बेला कैदीका समस्या के छन् भनेर बुझ्दा निजले नागरिकता पाइन भनेर गुनासो गरे”, उहाँले भन्नुभयो, “नागरिकता पाउनु नेपालीको नैसर्गिक अधिकार भएकाले कारागारमै गएर नागरिकता दिएका हौँ ।

” जिप्रकाका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी गरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । निजको नागरिकता नभएका कारण निजकी श्रीमतीको नागरिकता तथा छोराछोरीको जन्म दर्ता गराउन समस्या भएको भन्ने जानकारी आएपछि प्रजिअको आदेशमा नागरिकता प्रदान गरिएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता नहुँदा समस्या भएको रहेछ, सिडिओ साबको आदेशमा हामीले कारागारमै गएर नागरिकता दियौँ ।

” विकलाई नागरिकता प्रमाणपत्र प्रदान गरेपछि निजकै सनाखतमा रहने गरी निजकी श्रीमतीले समेत आजै नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

नागरिकता पाएपछि विक तथा उहाँकी श्रीमती निकै खुशी भएका छन् । पछिल्लो समय जिल्ला कारागार डोटीमा कैदीलाई सजिलो होस् भन्नाका लागि कारागारमा पुस्तकालय, मानअधिकार तालीम तथा साप्ताहिक रुपमा कैदीको स्वास्थ्य जाँच गर्न थालिएको छ । कारागारमै नागरिकता पाएका दोषी विक विसं २०७४ मा जबर्जस्ती करणीको मुद्दामा पक्राउ परी कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com