ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान चार्टर गरेर गर्भवतीको उद्धार


एबीसी न्यूज
चैत्र १९, २०७५ मंगलबार  ८ : २२ बजे

बाजुरा,  १९  चैत । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमाल चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो । 

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो । ल्वारलाई कोल्टी विमानस्थलबाट नेपालगञ्ज विमानस्थल हुँदै कोहलपुर मेडिकल कलेज पु¥याइएको हो । 


विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गर्नुभएको हो । ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । चार वटा छोरी जन्माइसकन्ुभएकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन् । कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताउनुभयो । कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ । 

जिल्लामा उपचार सम्भव नहुने सुझावपछि प्रदेश निर्वाचन क्षेत्र क बाजुराका प्रदेशसभा सदस्य बल्देव रेग्मी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको पहल र सामाजिक विकासमन्त्रीको निर्देशनमा उद्धार सम्भव भएको हो । सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती एवं विपद्मा परेका जटिल प्रकृतिका बिरामीलाई हेलिकप्टर र विमानबाट उद्धारका लागि एक करोड बजेट नै विनियोजन गरेको छ । 

तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै सघन उपचार कक्ष (आइसियु) मा राख्नुपर्ने अवस्था आएको खबरपछि सामाजिकमन्त्री कृष्णप्रसाद सुवेदीले आकस्मिक रुपमा विमान चार्टरका लागि निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेश मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुँवरले जानकारी दिनुभयो । हेलिकप्टर तत्काल उपलब्ध नभएपछि विमान नै व्यवस्था गरिएको कँुवरको भनाइ थियो । विमान चार्टरका लागि दुई लाखभन्दा बढी रकम मन्त्रालयले खर्च गर्नेछ । यसअघि पनि दुई बाजुरा र एउटा बझाङबाट बिरामीको हेलिकप्टर र विमानमार्फत उद्धार गरिसकिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै पहाडी दुर्गम जिल्लाबाट यसै वर्षमा मात्रै चार जनालाई उद्धार गरिसकेको जानकारी दिएको छ । 

आफन्तले बिरामीलाई आइतबार बिहान मात्र बोकेर बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । नियमित गर्भजाँच नगरेको, शरीरलाई आवश्यक खाना नखाएको र स्वास्थ्यमा ख्याल नगरेको स्वास्थ्यकर्मीले बताएका छन् । विमानबाट उद्धार गरिएपछि आफन्त निकै खुशी भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com