ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्रीले उपचार हुन नसकेका दुई घाइते लिएर काठमाडौं फिर्ता


एबीसी न्यूज
चैत्र १८, २०७५ सोमबार  ८ : २० बजे

काठमाडौं, १८ चैत । बारा र पर्सामा आइतबार राति आएको भयानक हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी काठमाडौं फर्कनु भएको छ ।

प्रधानमन्त्री ओलीले निरीक्षण गरेर फर्कने क्रममा वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेका दुई घाइतेलाई उपचारका लागि आफूसँगै काठमाडौं ल्याउनु भएको हो ।
प्रधानमन्त्री ओलीले काठमाडौं ल्याएका दुवै घाइतेको अहिले वीर अस्पताल उपचार भइरहेको छ ।

हावाहुरी प्रभावित ठाउँको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइते र उनीहरुका आफन्तलाई भेटनुभएको थियो । बाराको कलैया अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर प्रधानमन्त्री ओलीले घाइते र घाइतेका आफन्त भेट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आँधीबाट अति प्रभावित फेटा गाउँपालिकाको हवाई निरीक्षण गर्नुभएको थियो भने लगत्तै अस्पताल गएर बिरामी र बिरामीका आफन्तलाई भेट्नु भएको थियो । प्रधानमन्त्री ओलीले अस्पताल प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको छ।

प्रधानमन्त्री ओलीले प्रभावितहरुलाई सरकार साथमा रहेको भन्दै धेरै नआत्तिन सुझाउनु भएको छ । ‘नआत्तिनुस् सरकार तपाईंकै साथमा छ, यो विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रेस संयोजक अधिकारीले भन्नुभयो ।

हावाहुरीले बारा र पर्सामा ठुलो जनधनको क्षती पुगेपछि गृहजिल्ला झापाको सवै कार्यक्रम स्थगित गरी प्रधानमन्त्री ओली बारा र पर्सा पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com