ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुखी नेपाली, समृद्ध नेपालको संकल्प पूरा गर्नेगरी लगानी गर्न तयार छौं – विदेशी लगानीकर्ता


एबीसी न्यूज
चैत्र १५, २०७५ शुक्रबार  ६ : ०७ बजे

काठमाडौं, १५ चैत । आजदेखि काठमााडौमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र भएको बताउनु भएको छ ।

उहाँले नेपालले नयाँ यात्रा सुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाई समेत सहज एवं सरल वातावरण बनेको उहाँको भनाइ थियो। सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानुन तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै उहाँले लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह समेत गर्नुभयो ।

एसियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

उहाँले दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमा समेत इच्छुक रहेको बताउनुभयो । नेपाल यतिखेर आर्थिक विकासको मार्गमा अगाडि बढेको उल्लेख गर्दै उहाँले बैंकले नेपाल सरकारको नीतिलाई सहयोग गर्दै लगानी गरेको बताउनुभयो ।

विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानुनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको हुदाँ आफुहरु नेपालमा लगानी गर्न तयार भएको बताउनुभयो ।

सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उहाले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो। ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक जानकारी गराउनुभयो ।

नेपाल दुई ठूला आर्थिक रुपमा शक्तिसम्पन्न हुँदै आएका देशको बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको उहाको भनाइ थियो। विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानीगर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानीगर्दै आएको बताउनुभयो ।

सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धीमन्त्री यू थाउङ टुनले दक्षिण एसियामा पछिल्लो समयमा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताउनुभयो ।

नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै गएका कारण गरीबी निवारण, व्यापार अभिवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उहाँले कृषिमा आधारित अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । म्यान्मा जस्तै नेपाल पनि प्राकृतिक स्रोत र साधनले धनी रहेको भन्दै उहाले बढी उत्पादकत्व भएको जमीन तथा काम गर्नसक्ने युवाजनशक्ति रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको उल्लेख गर्नुभयो ।

सरकारले लगानी भित्र्याउनका लागि प्रतिबद्धता जनाएको बताउँदै उहाले आर्थिक रुपमा बलियो बन्ने प्रयास गरिरहेको समेत बताउनुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा रामशरण महतले विसं २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको तथ्य पेश गर्दै पछिल्लो दिनमा निजी क्षेत्रले हवाई, दुरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको बताउनुभयो ।

नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको समेत उल्लेख गर्नुभयो ।
आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै उहाले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको समेत बताउनुभयो ।

सम्मेलनका क्रममा आज नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ। बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ।

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ। सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ।

सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन्। मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ। त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्तआयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ। बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूचीतयार गरिएको छ।

सम्मेलनमा नेपाल सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, लगानीकर्ता, गैरआवासीय नेपाली, निजी क्षेत्रलगायतको सहभागिता रहेको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा उत्साहपूर्ण सहभागिता जनाएका प्रधानमन्त्री लगायत स्वदेशी तथा विदेशी लगानीकर्ता र सम्मेलनलाई सफल पार्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com