ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो अङ्कले बढ्यो शेयर बजार


admin
फाल्गुन २३, २०७५ बिहीबार  ४ : ४७ बजे

काठमाडौं,२३ फागुन । लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । 

नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । 

स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १३ दशमलव ९२, होटल शुन्य दशमलव चार, विकास बैंक १७ दशमलव ९१, जलविद्युत् १७ दशमलव शुन्य चार, वित्त चार दशमलव ४१, निर्जीवन बीमा १०५् दशमलव २४, अन्य पाँच दशमलव ७३, लघुवित्त २२ दशमलव ११ र जीवन बीमा १५९ दशमलव ३२ बिन्दुले बढेको छ । 

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ९९ लाख २७ हजार १९०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड सात लाख ६४ हजार ५३८, प्रभु बैंक रु एक करोड चार लाख ६७ हजार ५३५ मूल्यमा अगाडि रहे । 

स्टकका अनुसार पूर्णिमा विकास बैंकका शेयरधनीले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनी आठ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था आठ दशमलव शुन्य नौ, नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले आठ दशमलव शुन्य छ प्रतिशतले कमाएका छन् । यस्तै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६७, सेन्ट्रल फाइनान्स कम्पनी चार दशमलव ४६, कञ्चन डेभलपमेन्ट बैंक तीन दशमलव ८२ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com