ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सयबाट भत्ता दिन सुरुगरेका पूर्व अर्थमन्त्री अधिकारीको ८२ वर्षको उमेरमा निधन


एबीसी न्यूज
फाल्गुन १९, २०७५ आईतबार  ८ : १९ बजे


काठमाडौं , १८ फागुन। पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

अधिकारी , जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो ।

०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री भए । ११ गते बजेट ल्याए, जसमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो ।
२०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको शुरुवात गरिएको थियो ।

अहिले दुई हजार छ । २०७४ को चुनावमा वाम गठबन्धनले ५ हजार पुर्‍याउने प्रतिवद्धता जनाएको थियो । ठूला र महत्वाकांक्षी योजना सार्वजनिक गरिनेन्, नकि जनताका आधारभूत आवश्यकतासँग तालमेल हुने विषयलाई बजेटमा समेटे। र त्यो पूँजीवादबाट समाजवाद उन्मुख बजेट कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी उठाए।

भरतमोहनले त्यही बजेटबाट उठाएका ज्येष्ठ नागरिक भत्ता होस्, वा समावेशी विकासको सिद्धान्त, अहिलेसम्म पनि नेपाल कम्युनिष्ट पार्टी–नेकपा (तत्कालीन एमाले) ले त्यही एजेण्डालाई आत्मसाथ गरिरहेको छ।

७५ वर्ष पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई प्रतिमहिना १ सय रुपैयाँका दरले ज्येष्ठ नागरिक भत्ता दिने उनको घोषणा र बजेटमा अटाएको त्यो कार्यक्रम निकै लोकप्रिय मात्र बनेन अहिलेसम्म पनि सफल रुपमा लागू भइरहेको छ।

अधिकारीले आजभन्दा २४ वर्षअघि नै त्यसको अभ्यासमात्र गरेनन्, सफलतापूर्वक कार्यान्वयन पनि गरे। आफ्नो गाउँ आफैं बनाऔ भन्ने तत्कालीन नेकपा एमालेको चुनावी एजेण्डा थियो।

जुन पछि बजेटमा पनि समेटियो। सोहीअनुसार भरतमोहनको ‘सन्तुलित विकासमा नयाँ आयाम’ भन्ने नारासहित देशका २ सय ५ वटै निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि न्यूनतम २० लाख रुपैयाँ बराबरका आयोजनाहरु कार्यान्वयन गर्ने भनेर बजेटमा उल्लेख गरियो। स्थानीय सडक तथा साना सिँचाईका लागि भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तिमा १५ लाख रुपैयाँ बराबरका कार्यक्रम कार्यान्वयन गरियो।

हरेक सांसदले आफ्नो क्षेत्रको विकासका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गर्नसक्ने व्यवस्था मिलाइयो। हरेक निर्वाचन क्षेत्रमा समावेशी रुपमा आयोजना वितरण भएपछि त्यसले सकारात्मक समीक्षा पायो। यसरी सिधै स्थानीय निकायमा बजेट पठाइएको त्यो पहिलोपटक थियो।

अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com