काठमाडौं,१८ फागुन । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी उपचाररत ह्याम्स अस्पतालले पत्रकार सम्मेलन गर्दै अधिकारीको अवस्था खस्किँदो रहेको जनाएको छ ।

फोक्सो र मुटु सम्बन्धी समस्या भएर अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून रहेको समेत अस्पतालले जनाएको छ ।
अस्पतालको क्रिटिकल केयर सर्भिसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डिरेक्टर डा. भाष्करराज पन्तद्वारा हस्ताक्षरित स्वास्थ्य अपडेटमा अधिकारीले बितेको २४ घण्टादेखि पिसाब समेत नगरेको उल्लेख छ ।



















प्रतिक्रिया दिनुहोस्