
काठमाडौं,१७ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।
बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारीको भने गृह जिल्ला पोखरामा अन्त्यष्टि गरिदैछ । त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ । शुक्रबार विहान मन्त्री अधिकारीसहित सबैको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्