
काठमाडौं, १५ फागुन । हेलिकोप्टर दुर्घटनमा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई चुहानडाँडामा गर्नुभएको सम्बोधन अन्तिम बनेको छ ।
बुधबार चुहानडाँडामा रहेका थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीयस“गको छलफलका लागि मन्त्री अधिकारी पुग्नुभएको थियो ।
चुहानडाँडामा स्थानीयले मन्त्री हेलिकप्टरबाट निस्कने बितिकै फुलमालाले स्वागत गरेका थिए । हँसिलो मुहारमा पहिलोपटक चुहानडाँडामा मन्त्री आउँदा आठराई बासिको २०३२ सालदेखिको सपना पुराहुने स्थानीयवासीको आसा लिएका थिए । कार्यक्रमको स्टेजमा प्रवेश गर्दै मन्त्री अधिकारीले मौसम अनुकुल नभएकाले कार्यक्रम छिटो गर्ने आयोजकलाई निर्देशन दिनुभएको थियो ।
त्यहा“ आयोजिक कार्यक्रममा मन्त्री अधिकारीले करिब साढे १० मिनेट सम्बोधन गर्नु भएको थियोे । सम्बोधनमा मन्त्रीले चुहानडाँडामा ३ वर्ष भित्रमा एयरपोर्ट बन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । हातमा एयरपोर्टको इस्टमेट र नक्सा देखाउदै मन्त्रीले ८७ करोड लागतमा एयरपोर्ट बन्ने उल्लेख गर्नु भएको थियोे ।
चुहानडाँडाको कार्यक्रम बाट करिव १२:१५ मा मन्त्री फर्कनु भएको मन्त्री, आठराई ईवा स्थित प्रधानमन्त्री केपि ओलीको जन्म घर हेर्दै काठमाडौ फर्कने कार्यक्रम रहेको थियो ।
चुहानडाँडामा मन्त्रीले छोटो समय पाथीभरा देवि प्रसंग निकालेका थिए । पाथीभरा पहिले नै गाडिबाट पुगेको मन्त्री अधिकारीले बताउनुभएको थियोे ।



















प्रतिक्रिया दिनुहोस्