ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी विदेशमन्त्री जभाद जारिफको राजीनामा अस्वीकृत


admin
फाल्गुन १५, २०७५ बुधबार   ४ : २५   बजे


तेहरान, १५ फागुन ।  इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ । 

‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भन्नुभएको छ । 

जारिफले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि माग्नुभएको थियो । 

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेख्नुभएको थियो । उहाँले सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

उहाँले अहिले किन राजीनामा दिनुभएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group