ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित


admin
फाल्गुन १५, २०७५ बुधबार   १ : ३८   बजे

एजेन्सी ,१५ फागुन । अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ । 

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई एक मौका दिन राष्ट्रपति बुहारीले आमजनता समक्ष आग्रह गर्नुभएको थियो । 

नाइजेरियाका धेरै नागरिकले नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउने चाहे पनि यसपटक निराश भएका छन् । पूर्व सैनिक तानाशाह समेत रहेका राष्ट्रपति मोहम्मदु बुहारीले अरु राजनीतिक व्यक्तिले जनताको भावनाको सम्मान गर्न नसकेका कारण पनि विजय हासिल गरेको बताइन्छ । 

औपचारिक नतिजा घोषणा भएलगत्तै उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति बुहारीले जितबाट आफू जनताप्रति अनुगृहित रहेको बताउनुभयो । चुनावी हिंसाका कारण दर्जनौं व्यक्तिको मृत्यु भएकाप्रति उहाँले दुःख प्रकट गर्नुभयो । 

चुनावी नतिजा सार्वजनिक भएलगत्तै राष्ट्रपति बुहारीका समर्थकहरुले राजधानी अबुजाका सडकमा नाचगान शुरु गरेका थिए । यद्यपी, उहाँका मुख्य प्रतिस्पर्धी अतिकु अबुबाकरलाई मतगणनामा निकै पछि पार्नासाथ राष्ट्रपति बुहारीका समर्थकले अबुजामा नाराजुलुस लगाउन थालेका थिए । 

पूर्व उपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजना सहित ठूलो चुनावी अभियान चलाउनुभएको थियो । 

निर्वाचन आयोगका अनुसार राष्ट्रपति बुहारीले एक करोड ५१ लाख अर्थात् ५५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । मुख्य प्रतिस्पर्धी अबुबाकरले एक करोड १२ लाख अर्थात् ४१ प्रतिशत मत प्राप्त गर्नुभयो । नाइजेरियाको यस पटकको चुनावमा करिब ३६ प्रतिशत मात्र मतदान भएको थियो । 

अबुबाकरको पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै नाइजेरियाका ३६ वटा राज्यमध्ये चार वटामा पुनः चुनाव गर्न माग गरेको छ । 

तर राष्ट्रपति बुहारीको दलले विपक्षीले लगाएको आरोपको खण्डन गर्दै चुनावी परिणाम स्वीकार्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group