ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र फेरिँदै


admin

काठमाडौं,१३ फागुन ।  बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए । 

धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका जहाजलाई कता ‘डाइभर्ट गर्ने’ र आन्तरिक उडानका जहाजलाई कता अवतरण गराउने भन्ने चिन्तामा हुन्थे विमानस्थलका कर्मचारी । धावनमार्ग मर्मतका लागि विमानस्थल कार्यालयले ‘द्रुत मर्मतकर्ता टोली तयारी अवस्थामा राखे पनि समस्या परी नै रहन्थ्यो । अब भने एक मात्र विमानस्थलले उक्त समस्याबाट मुक्ति पाउने भएको छ । 

सरकारले आगामी चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने भएको छ । विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्न खोजिएको हो । 

धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो । मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रासससँग भन्नुभयो, “नयाँ कालोपत्र गरी विमानस्थललाई दुरुस्त बनाउने उद्देश्यका साथ काम शुरु भएको छ ।” मन्त्री अधिकारीसहितको टोलीले आज कालोपत्रका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिनुभएको थियो । 

विमानस्थलको कालोपत्रलाई फेरर नयाँ कालोपत्र राख्ने तयारी गरिएको छ । सो कार्यका लागि चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङलाई ठेक्का दिइएको छ । करीब ७० प्रतिशतभन्दा बढी निर्माण सामग्री जम्मा भएपछि नयाँ कालोपत्रको काम शुरु हुनेछ । चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार आगामी चैत १८ गतेदेखि धावनमार्गको स्तरोन्नतिका लागि नयाँ कालोपत्रको काम शुरु हुँदैछ । सो कार्य आगामी जेठमा सम्पन्न हुनेछ । गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गरेको हो । विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो । 

ठेकेदार कम्पनीले करीब ९० दिनभित्र पूर्णरुपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ । विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याइनेछ । दश घण्टा विमानस्थल बन्द गरेर मर्मत गरिनेछ । विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ । 

मन्त्री अधिकारीले भन्नुभयो, “विमानस्थल र जहाजको समेत सुरक्षालाई ध्यानमा राखेर काम गर्ने गरी कार्ययोजना बनाइएको छ ।” धावनमार्गसँगै ट्याक्सी पार्किङस्थल र जहाज पार्किस्थलको समेत मर्मत गरिनेछ । विशेषगरी कोटेश्वरतर्फको धावनमार्गमा बढी मात्रामा कालोपत्र उप्कने समस्या रहेको छ । जानकारहरुका अनुसार विशेषगरी जहाज अवतरण हुने मुख्य विन्दु कोटेश्वरतर्फको धावनमार्गमा बढी समस्या देखिएको छ । सोही स्थानमा पहिले मर्मत गर्ने योजना बनाइएको छ । 

विमानस्थलमा हाल दैनिक १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित सरदर ४०० उडान हुने गरेको छ । विमानस्थलमा समस्या आउँदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com