ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को राजधानी र नामकालागि सुझाव संकलन सुरु


admin
फाल्गुन १३, २०७५ सोमबार  ४ : ३४ बजे


परासी, १३ फागुन । प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ । 

प्रदेशसभाद्वारा गठित विशेष समितिले आइतबार यसै विषयमा पश्चिम नवलपरासीमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय तेजबहादुर ओली र सरस्वती गौतमको टोलीले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, आदिवासी जनजाति समुदायलगायतसँग लिखित सुझाव लिएको छ । 

प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता कस्तो हुनुपर्ने, भूमि व्यवस्थापन कसरी गर्ने, राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलन कस्तो हुनुपर्ने, सामरिक सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने, भौगोगिलक अनुकूलता कस्तो हुनुपर्ने र राजधानी कहाँ उपयुक्त हुन्छ भन्नेबारे जानकारी लिइएको थियो ।

प्रदेशको नाम ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भौगोलिक मध्ये कुन आधारमा राख्ने भन्नेबारे समेत सुझाव सङ्कलन गरिएको विशेष समितिका सदस्य ओलीले जानकारी दिनुभयो । 

लिखित सुझावमा अधिकांशले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी बुटवल हुनुपर्ने सुझाव दिएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य वैजनाथ जयसवाल भन्नुहुन्छ, “प्रदेश नं ५ भगवान गौतमबुद्धको जन्मस्थल भएकाले नाम लुम्बिनी र भौगोलिक सुगमताको हिसाबले सबै जिल्लालाई पायक पर्ने स्थान बुटवल हो, तसर्थ स्थायी राजधानी बुटवल नै उपयुक्त हुन्छ ।” 

जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी परिचित रहेको, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायतका हिसाबले प्रदेशको नाम लुम्बिनी र राजधानी बुटवल नै उपयुक्त हुने बताउनुहुन्छ । 

पूर्वराज्यमन्त्री एवं नेकपाका नेता घनश्याम यादव भने हाललाई राजधानी बुटवल तोकिए पनि सबैलाई पायक पर्ने र आधुनिक राजधानीको रुपमा विकास गर्र्नका लागि भने कपिलवस्तु उपयुक्त हुने बताउनुहुन्छ । पूर्वाधार, औद्योगीकरणको वातावरण, पर्यटकीय दृष्टिकोण, पहाड र तराईका जिल्लाको सङ्गमस्थलजस्ता कारणले बुटवललाई स्थायी राजधानी तोक्न उपयुक्त हुने उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारी बताउनुहुन्छ । 

मधेश केन्द्रित दल र आदिवासी जनजाति महासङ्घलगायत प्रतिनिधिले भने पहिचानको आधारमा प्रदेशको नामाङ्कन गरिनुपर्ने सुझाव दिएका थिए । प्रदेशसभा सदस्य एवं विशेष समिति सदस्य गौतमका अनुसार फागुन १० गतेदेखि प्रदेशका १२ वटै जिल्लामा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा सुझाव सङ्कलन गर्न थालिएको हो । सबै जिल्लाबाट सुझाव प्राप्त भएपछि प्रदेशसभामा निष्कर्ससहित प्रतिवेदन पेश गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com