ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान अपहरणको असफल प्रयास


एबीसी न्यूज


काठमाडौं, १३ फागुन । बंगलादेशी सेनाका कमान्डो अपहरित विमानभित्र पसी कारबाही गर्दा अपहरणकारी मारिएका छन् ।

बंगलादेशी सेनाका कमान्डोहरुले अपहरण गर्ने प्रयास भएको यात्रुवाहक विमानभित्र पसी अपरेसन गर्दै अपहरण गर्न खोज्नेलाई गोली हानी मारेको हो ।

सेनाका प्रवक्ता मोतिउर रहमानले भने, हाम्रो कमान्डो टिमले अपहरणकारीलाई आत्मसमर्पण गर्न भनेको थियो। तर उनले अस्वीकार गरी आक्रामक भएपछि गोली हानिएको छ ।

१ सय ४२ जना यात्रु चढेको बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल पारिएको थियो।

बंगलादेशी मिडिया बीडीन्युजका अनुसार अपहरणकारीले आइतबार दिउँसो विमानका पाइलटको टाउकोमा बन्दूक तेर्स्याएका थिए।

विमानलाई चित्तगंगमा साँझ ५ बजेर ४१ मिनेटमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए।

रेस्क्यु अपरेसनमा सहभागी भएका एयर भाइस मार्सल मुहम्मद मफिदुर रहमानले राति पौने आठ बजे अपहरणकारीलाई गिरफ्तार गरिएको जानकारी दिएका थिए।

अपहरण गर्न खोज्नेले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासित कुरा गर्न चाहेका थिए।

बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष नइम हसनले अपहरण गर्न खोज्नेको उसकी श्रीमतीसित झगडा भएको र प्रधानमन्त्रीसित यसबारे कुरा गर्न चाहेको बताए।

बंगलादेशी वायुसेनाले आइतबार राति ७ बजेर १७ मिनेटदेखि ८ मिनेट रेस्क्यु अपरेसन गरेको थियो। नइमका अनुसार केही मानसिक असन्तुलन। देखिएका अपहरण गर्न खोज्ने व्यक्तिलाई घाइते अवस्थामा विमानबाट बाहिर निकालिएको थियो। उनले तारहरु भएको लुगा लगाएका थिए। उसले बंगाली बोलेको र बंगलादेशी जस्तो देखिएको उनले बताए। उडान र अवतरण बन्द गरिएको विमानस्थल राति ८ बजे खुला गरिएको थियो।

घाइते २५ वा २६ वर्षका महादी नामका युवकको केही समयमा नै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com