ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान अपहरणको असफल प्रयास


एबीसी न्यूज
फाल्गुन १३, २०७५ सोमबार   ८ : २४   बजे


काठमाडौं, १३ फागुन । बंगलादेशी सेनाका कमान्डो अपहरित विमानभित्र पसी कारबाही गर्दा अपहरणकारी मारिएका छन् ।

बंगलादेशी सेनाका कमान्डोहरुले अपहरण गर्ने प्रयास भएको यात्रुवाहक विमानभित्र पसी अपरेसन गर्दै अपहरण गर्न खोज्नेलाई गोली हानी मारेको हो ।

सेनाका प्रवक्ता मोतिउर रहमानले भने, हाम्रो कमान्डो टिमले अपहरणकारीलाई आत्मसमर्पण गर्न भनेको थियो। तर उनले अस्वीकार गरी आक्रामक भएपछि गोली हानिएको छ ।

१ सय ४२ जना यात्रु चढेको बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल पारिएको थियो।

बंगलादेशी मिडिया बीडीन्युजका अनुसार अपहरणकारीले आइतबार दिउँसो विमानका पाइलटको टाउकोमा बन्दूक तेर्स्याएका थिए।

विमानलाई चित्तगंगमा साँझ ५ बजेर ४१ मिनेटमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए।

रेस्क्यु अपरेसनमा सहभागी भएका एयर भाइस मार्सल मुहम्मद मफिदुर रहमानले राति पौने आठ बजे अपहरणकारीलाई गिरफ्तार गरिएको जानकारी दिएका थिए।

अपहरण गर्न खोज्नेले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासित कुरा गर्न चाहेका थिए।

बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष नइम हसनले अपहरण गर्न खोज्नेको उसकी श्रीमतीसित झगडा भएको र प्रधानमन्त्रीसित यसबारे कुरा गर्न चाहेको बताए।

बंगलादेशी वायुसेनाले आइतबार राति ७ बजेर १७ मिनेटदेखि ८ मिनेट रेस्क्यु अपरेसन गरेको थियो। नइमका अनुसार केही मानसिक असन्तुलन। देखिएका अपहरण गर्न खोज्ने व्यक्तिलाई घाइते अवस्थामा विमानबाट बाहिर निकालिएको थियो। उनले तारहरु भएको लुगा लगाएका थिए। उसले बंगाली बोलेको र बंगलादेशी जस्तो देखिएको उनले बताए। उडान र अवतरण बन्द गरिएको विमानस्थल राति ८ बजे खुला गरिएको थियो।

घाइते २५ वा २६ वर्षका महादी नामका युवकको केही समयमा नै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group