ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुयला सङ्कट: सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा


admin
फाल्गुन १२, २०७५ आईतबार  ८ : १० बजे


एजेन्सी,१२ फागुन । भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् । 

सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ भने गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ह्वाँ गुएइदोले देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाब भएका कारण सहयोग भित्राउन आफ्ना समर्थकलाई आग्रह गर्नुभएको छ । 

राष्ट्रपति मदुरोद्वारा काराकासमा समर्थकलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा भएका झडपलाई युद्ध भन्न नसकिने बताउनुभएको छ । 

मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुयलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडिएकोबारे भन्नुभयो, “मैले कोलम्विया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु । भेनेजुयलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुयलाबाट फर्किउन् ।” 

सहयोगस्वरूप आएको सामग्री भित्राउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्राउने क्रममा झडप भएको हो । झडप कोलम्बिया र ब्राजिल क्षेत्रमा चार जनाको मृत्यु भएको र करिब ३०० जना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन् । अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको भन्ने खबरहरू पनि आएका छन् । 

सीमा क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति मदुुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ । राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । 
भेनेजुयला र कोलम्बियाको सीमा क्षेत्रका केही यस्ता तस्वीरहरु सार्वजनिक भइरहेका छन् जसमा सुरक्षाकर्मीहरुले स्वयंसेवकहरुमाथि अश्रुग्यास प्रहार गरेका छन् । 

यस्तै प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन् । यो तनावको बीच भेनेजुयला र कोलम्बियाको सिमानामा तैनाथ भेनेजुयलाका केही सैनिकले चौकी छोडेर भागेको कोलम्वियास्थित मानवअधिकारवादी समूहहरूले बताएका छन् । 

कोलम्बियाको सीमामा रहेको एउटा पुलमा मदुरोका समर्थकले अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि अन्य चार त्यस्ता ट्रक भने कोलम्बियातर्फ नै फर्कन बाध्य भएका बताइएको छ । 

गुएइदोले शनिवारबाट दशौँ हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भित्राउने बताएपनि सेनाको कडा निगरानीले यो लगभग असम्भब बनेको छ । 

गुएइदोेले सरकारविरोधी अभियानमा ’दुर्लभ साहस’ देखाएको भन्दै सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूको प्रशंसा गरेका छन् । 

यसैबीच भेनेजुयलालाई सहयोग गरेको रूसले समेत मदुरोलेझैँ अमेरिकी उक्त राहतलाई सैन्य अतिक्रमण गर्ने ‘सहज र कपटपूर्ण’ बाटो भनेको छ । देशमा संकट रहेको स्वीकार नगरे पनि गत साता मदुरो सरकारले रुसबाट ३०० टन सहायता भेनेजुएला भित्राउने घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com