
काठमाडौं,१२ फागुन । संसदीय सुनुवाई समितिको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।
मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको हो । संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो ।
यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध भने नागरिकता लगायत विषयमा उजुरी परेकाले छानबिनका लागि कागजपत्र मगाएको सचिवालयले जनाएको छ । अर्को बैठक १४ गते बस्ने बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्