
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली डिक्टेटरशिपको रुपमा अगाडि जान नभई देशमा शुसासन कायम गर्ने केही विभागहरु आफु माहतमा ल्याएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो।
राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, त्यो मात्र हैन सवै प्रधानमन्त्रीय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरु केन्द्रीत हुन्छन् प्रधानमन्त्री ओली भन्नुभयो, सबै मन्त्रालय मेरै मातहत छन्, कसलाई भ्रम पर्यो ।
उहाँले भन्नुभयो सबै मन्त्रीहरु पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभागहरु जुनजुन मन्त्रालयका हुन ती कार्यकारी प्रमुख कै मातहत छन । तसर्थ यो शक्तिशाली हुनको लागि ल्याएको हैन । यिनीहरु आफ्नो मातहतमा ल्याएँ । त्यस्को अर्थ हो मैले सोझै भ्रस्ट्राचार नियन्त्रणका लागि, हुन नदिनको लागि, आफैले हेर्ने, आफैले त्य्सको निगरानी गर्ने र नजिकबाट तीव्र र लगातारको निगरानी गर्ने । यस कामका लागि र यसो गरिरहदा शक्ति केन्द्रीत हुने भन्ने कुरा वेतुकको कुरा हो ।
लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिनता अङ्ग छ र यी स्वतन्त्र छन् आफ्ना आफ्ना ढंगले । फेरि पनि संविधानबाट वाधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरु हुन । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरु र तिनको कामको निस्पक्षता, प्रभावकारीता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक पृथक अंगलाई पृथक पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट । संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ ।
त्यो शक्ति ती जनप्रतिनिधिले जसले संविधान वनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् । तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । प्रधानमन्त्री ओलीले बताउनुभयो ।
भिडियो


















प्रतिक्रिया दिनुहोस्