
काठमाडौं , ४ फागुन । सधै वरीपरी प्रहरी र तयारी हालतमा राखिएको गाडी हुने प्रधानमन्त्री केपी शर्मा ओली रानीपोखरीबाट निस्कदा भने प्रहरी र तयारी हालतमा राखिएको गाडी नै थिएन ।
सधै तपाईलाई बोलाएको छ भन्दै घेरा हाल्दै प्रहरीले हिरासतमा लैजाने गरेको जेल जीवनको भोगाईको कुरा गर्दै प्रधानमन्त्री ओली उक्त कृुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको छ ।
१४ वर्षको जेलबसाई पछि एका–एक धनबहादुर भन्ने अंचालधिशले छोड्ने तयारी छ भनेर त्तकालिन प्रधानमन्त्रीले निलगीरिहलमा भनेको कुरा यसरी सम्झनुहुन्छ प्रधानमन्त्री ओली । त्यो सवै किन भने रिर्त पु¥याउन हो तर यो कुृरा कसैलाई नभन्नु भनेपछि म जेल फकिए ।
मैले सवै साथीहरुलाई गोप्य रुपमा सवैकुरा भनिदिए । मलाई उनिहरुले तपाई छुटेपछि काठमाडौमा धेरै नवस्नु हल्ला हुन्छ भने पछि मैले भने म काठमाडौ वस्दा हल्ला हुने, जिल्ला गयो तपाईको अंचलाधिशलाई हल्ला हुने म के गरु ? तपाईहरुको केही छ भने पुन भित्र राख्नुहोस भने । उनिहरुले भने तपाईलाई जेल वस्ने बानि परेको छ । मैले होइन भने तपाईहरु जानुहोस भने ।
गाडीमा राखेर रानी पोखरी लगे । छुटने वेला लखरलखर तल आए कोही छैन अघि आएको गाडी पनि छैन कोही केही देखिदैन त्यस पछि लखर लखर हिडेर घण्टा घर तिर लागे । अव कता जाने के गर्ने भन्ने भयो टुडिखेलको पूर्व गेटबाट सहिद गेट हुँदै पुगेर सुन्धारा हेरे अव कता जाने, मैले सुशिल प्याकुरेललाई खवर पठाएको थिए कसै मार्फत । उहा आउनुभो म उहाँको बाइकमा चढेर गए ।
प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसीमा प्रसारण हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्