
काठमाडौं,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको रफ्तार अब तीव्ररुपले अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा उक्त कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले अरु राष्ट्रभन्दा तीव्ररुपले विकास गर्ने सरकारको लक्ष्य रहेको बताए ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत् राष्ट्रिय उद्देश्य पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । संविधान कार्यान्वयनका लागि सरकार अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार सफल भएको जिकिर गरे ।प्रधानमन्त्री ओलीले भने म भष्ट्रचार गर्दिन र कसैलाई पनि गर्न दिदैन भष्ट्रचारका विरुद्धमा खरो रुपमा कारवार्हि गरेर देखाउने छु ।
प्रतिपक्षी दलले सरकारलाई दिएको ‘अधिनायकवाद’को संज्ञा हास्यास्पद रहेको उनको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले गलत प्रचारबाट भ्रमित नहुनसमेत समेत आग्रह गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्