ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै आवश्यक : मन्त्री बस्नेत


admin

काठमाडौं,३ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गरिएको बताउनुभएको छ ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको १९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले वन उत्पादनशील क्षेत्र भएकाले संरक्षण र उपयोग एक साथ अघि बढाउने उद्देश्यका साथ नयाँ वन नीति ल्याएको जानकारी दिनुभयो । 

वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउन मन्त्रालयले निजी क्षेत्र र वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीति अपनाएको उल्लेख गर्दै मन्त्री बस्नेतले वन क्षेत्रलाई समृद्धिको एक आधार बनाउन विविध कार्यक्रम अघि बढाएको बताउनुभयो । 

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाएको स्पष्ट पार्दै उहाँले वन क्षेत्रको संरक्षण र उपयोगका सम्बन्धमा सरकार निजी क्षेत्र र समुदायसँगै मिलेर काम गर्ने बताउनुभयो ।

मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको जनाइरहेका बेला स्वदेशी काठको कमी र चर्काे मूल्यका कारण गत आर्थिक वर्षमा मात्र मुलुकमा रु पाँच अर्ब ७५ करोड मूल्यको काठ विभिन्न मुलुकबाट आयात भएको महासङ्घको तथ्याङ्क छ । 

महासङ्घले वनमा रहेका ढलापडा, सुख्खड खडा, वृद्धि रोकिएका बुढा रुख सदुपयोग नगरेका कारण लाखौँ क्युफिट काठ आगोले डढी र सडिगली जानाले राज्यको अर्बाै राजश्व नष्ट भएको जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वन क्षेत्रमा देखिएका कानूनसम्बन्धी चुनौतीको समाधान गर्न आफूहरु नयाँ कानून निर्माण र व्यवधान खडा भएका कानून संशोधन गर्ने प्रक्रियामा अघि बढेको बताउनुभयो । 

सङ्घीय सांसद पार्वत गुरुङले महासङ्घलाई काठमा मात्र आधारित उद्योगलाई अन्य वन पैदावारको उद्यममा विविधीकरण गर्न सुझाव दिँदै पेशाको मर्यादा जोगाउन व्यवसायी स्वयंले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले वन क्षेत्रको काठमा मात्र आधारित उद्योगलाई समयानुसार उत्पादनमा विविधीकरण गर्न नयाँ प्रविधिको प्रयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

काठमाडौं,३ फागुन । वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालयले काठको आयात निरुत्साहित गर्न लक्ष्यअनुसार मुलुकभित्रको काठको उत्पादन बढाएको उल्लेख गर्दै उत्पादन बढेसँगै खपत पनि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव डा सिन्धुप्रसाद ढुङ्गाना, महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकाल, निवर्तमान अध्यक्ष कपिलप्रसाद अधिकारी र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले वन पैदावार उद्योग क्षेत्रमा देखिएका चुनौतीका बारेमा अवगत गराउँदै समाधान उपाय सुझाउनुभएको थियो । 

कार्यक्रममा वन व्यवस्थापन तथा उद्यम प्रवद्र्धन राष्ट्रिय पुरस्कारबाट सहसचिव ढुङ्गानालाई र वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट कारोबार दैनिकका प्रगति ढकाललाई सम्मानीत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com