ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मू–कश्मीरमा ठूलो आतंकवादी आक्रमण, गृहमन्त्री राजनाथ सिंह जम्मू कश्मीर जादैं


एबीसी न्यूज
फाल्गुन ३, २०७५ शुक्रबार   १० : ०६   बजे


काठमाडौं , ३ फागुन । भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ ।

आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लिएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जैश–ए–मुहम्मदका आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको बस सीआरपीएफको बसमा ठोक्काएका थिए । विस्फोटबाट सीआरपीएफका जवान चढेको बस टुक्रा–टुक्रा भएको थियो । यो बस सीआरपीएफको ५४औँ बटालियनको थियो ।

भारतीय समाचार संस्थाहरुले पुलावामामा बसेर आतंकवादी क्रियाकलापमा सलंग्न आदिल अहमद डारले आक्रमण गराएको बताएका छन् ।

सीआरपीएफ(अपरेसन्स) का आईजी जुल्फिकर हसनले आक्रमणको पुष्टि गर्दै भनेका छन्, ‘सीआरपीएफका समूहमा २० गाडी थिए । त्यसमध्ये एउटा गाडीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काए । बस जम्मूबाट श्रीनगर जाँदै थिए ।’

जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले राज्यमा अहिंसा फैलाएर अस्थिरता पैदा गर्ने समूहले आक्रमण गरेको बताएका छन् ।

त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आक्रमणलाई कायरताको संज्ञा दिँदै घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।

स्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणलाई निन्दनीय बताउँदै आक्रमणमा शहीद भएकाहरुको बलिदानी त्यसै खेर जान नदिने बताएका छन् ।

जम्मू–कश्मीरमा ठूलो आक्रमण भएपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंह शुक्रबार जम्मू कश्मीर जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group