ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न चाहँदैन : मन्त्री महासेठ


admin
फाल्गुन २, २०७५ बिहीबार  ७ : १० बजे

काठमाडौं,२ फागुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको बताउनुभएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ‘वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकार व्यवसायीलाई दुःख दिएर अगाडि बढ्न नचाएको बताउनुभएको हो । “यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने चाहना सरकारको रहेको छ”, उहाँले भन्नुभयो । 

मन्त्री महासेठले यातायात महासङ्घसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी लाग्नुपर्ने बताउनुभयो । 

उहाँले यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । मन्त्री महासेठले बढ्दो सवारी साधनलाई ध्यानमा राखेर सरकारले छ हजारदेखि आठ हजार किलोमिटरसम्म नयाँ सडक कालोपत्र गर्न लागेको बताउनुभयो । 

यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको उहाँको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री मुकुन्द न्यौपानेले यातायात क्षेत्रभित्रको समस्याका लागि व्यवसायी आफै जागरुक हुनुपर्ने बताउनुभयो । 
नेपाली काङ्ग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङले मुलुक निर्माण र सामाजिक सेवाका लागि यातायात व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नसक्ने बताउनुभयो । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग आग्रह गर्नुभयो । 

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष सोम तामाङ, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीलगायतले मुलुकको समग्र यातायात सुधारका लागि सरकारले व्यवसायी र मजदूरलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

महासङ्घका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com