ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोचेजस्तो विकासको काम अघि बढाउन सकेनौँ : मुख्यमन्त्री गुरुङ


admin


गोरखा २, फागुन ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन गर्दा सोचेको जति विकास निर्माणको काम अघि बढाउन नसकेको स्वीकार गर्नुभएको छ । 

नेपाल प्र्रेस सङ्गठन गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकार गठन भएलगत्तै एक वर्षभित्रमा गण्डकी प्रदेशले भौतिक पूर्वाधारको विकासमा फड्को मार्ने योजना बनाएको भए पनि नीतिगत समस्याका कारण सोचेजस्तो काम हुननसकेको स्वीकार गर्नुभएको हो । 

मुख्यमन्त्री गुरुङले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत पूँजीगत अनुदानतर्फको बजेट खर्च गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो । “असारको मसान्तसम्ममा हामी ८० प्रतिशत पूँजीगत अनुदानको बजेट खर्च गर्छौँ”, उहाँले भन्नुभयो, “भर्खरै सिक्दै गरेको प्रदेश सरकारले यति गर्नु नराम्रो होइन तर हामीले यो भन्दा धेरै नै सोचेका थियौँ ।” 

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले जहिले पनि स्थानीय तहका सरकारसँग समन्यव गरेर विकास निर्माणको काम अघि बढाउन चाहेको भए पनि स्थानीय सरकारले भने हस्तक्षेपको रुपमा लिने गरेको उल्लेख गर्दै गण्डकी प्रदेशले कृषि, पर्यटन, सडक पूर्वाधारका विकासलगायतका काम स्थानीय सरकारसँगको साझेदारीमा गर्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यसैका लागि प्रदेशभित्र स्थानीय तहसँग साझेदारी गर्दै होमस्टेको विकास, कृषि सङ्कलन केन्द्रको स्थापना, कृषि फार्मका लागि अनुदानका कार्यक्रम ल्याएका छौँ ।” 

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशभित्र सबै गाउँपालिकामा शीतभण्डार निर्माण गर्ने योजना स्थानीय तहसँगको साझेदारीको नमूना भएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशभित्र शुरु गरेका विकास निर्माणका कामको निरन्तर अनुगमनका लागि मुख्यमन्त्रीकै नेतृत्वमा टिम निर्माण गर्न लागेको जानकारीसमेत दिनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “अब आयोजनामा कति बजेट विनियोजन भयो भन्ने मात्र होइन, हामी विशेष अनुगमनकक्षको निर्माण गरी प्रदेशभित्र भएका विकास योजनाको त्यहीबाट निरन्तर अनुगमन गर्ने गरी काम शुरु गर्दैर्छौँ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com