
काठमाडौं,२९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफुलाई प्रमाणित गर्नुपर्ने देख्दा दुख लागेको बताएका छन ।
नेकपा माओवादीको जनयुद्धका कमान्डर समेत रहेका नेकपा युवा नेता सरल सहयात्रीको उपन्यास शिखरको ढुङ्गा नामक पुस्तकको बिमोचन गर्दै यस्तो बताएका हुन ।
नेकपा अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएका हरेक योद्धा आफैमा उत्कृष्ट व्यक्ति हुँदाहुँदै पनि अहिले समाजमा आफुलाई उभ्याउन प्रमाणित गर्नु परेको देख्दा दुख लागेको बताए ।
तर, पछिल्लो समय देशलाई युगान्तकारी परिवर्तनको लागि लडेका योद्धा विभिन्न क्षेत्रबाट राज्यको मूलप्रवाहीकरणमा बिस्तारै आएको आभास हुन थालेको पनि बताए । यसले समाजले भने,जस्तो जनयुद्धमा होमिएका कोहि पनि अविवेकी थिएनन् भन्ने प्रमाणित गरेको भन्दै अध्यक्ष प्रचण्डले खुसि व्यतm गरे ।
अहिलेको परिवर्तनका लागि जनयुद्धमा लागेका सबैको महत्वपूर्ण भूमिकाको कारणले देशमा समाजबादको महायात्रामा देश अगाडी बढेको पनि अध्यक्षले बताए । शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको माध्यमले समाजबाद तर्फ जान सकिने उदाहरण पनि नेपालले दिएको नेकपा अध्यक्षको तर्क छ ।
लेखक सरल सहयात्री जीवनको विभिन्न काल खण्डलाई र आफु जनयुद्धमा
हुँदा देखे भोगेका विषयलाई उपन्यासको रुपमा पाठक माझ ल्याएका हुन । लेखक जनयुद्धका पुर्व कमान्डर थिए भने, उनले सगरमाथाको सफल आरोहण पनि गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्