ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि उम्मेदवार बन्न नपाउने


admin


बैङ्कक, २८ माघ ।  थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ । 

गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो । 

थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो । 

उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाउनुभएको थियो । 

उहाँ अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ । 

राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् । 

उहाँको घोषणापछि थाईल्याण्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो । 

आउदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अव अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । 

प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहनु भएका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । 

सैनिक विद्रोह मार्फत राजनीतिमा आउनु भएका प्रयुतले यस पटकको निर्वाचन मार्फत् आफूलाई नागरिक नेताका रुपमा स्थापित गराउने प्रयासमा हुनुहुन्छ । 

सैन्य विद्रोहबाट पदच्युत गरिएपनि थाईल्याण्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ । 

उहाँलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाईन्छ । 

उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उहाँकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । तर उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उहाँहरु अहिले निर्वासनमा हुनुहुन्छ भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com