ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन : महासचिव पौडेल


admin
माघ २७, २०७५ आईतबार  ७ : ३७ बजे


बुटवल, २७ माघ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । 

पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताउनुभयो । 

महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

उहाँले अब केही हप्ताभित्र बुटवल नारायणगढ सडक विस्तारको काम पनि शुरु हुने जानकारी दिँदै सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डिपिआर निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो । 

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकारका कामकारवाहीलाई रचनात्मक ढङ्गले आलोचना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले मुलुकको शान्ति र समृद्धिमा थप भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभयो ।त्यस अवसरमा तिलोत्तमा नगरपालिका–५ निवासी ५६ वर्षीया श्रमिक महिला उमाकला विकलाई २० वर्षदेखि परम्परागत आरन पेशा सञ्चालन गर्नुभएको भन्दै आठ हजारसहित सम्मान गरिएको थियो । 

यस्तै रेडियो लुम्बिनीको २०औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट इञ्जिनीयर दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णुप्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टङ्कप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com