ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन


admin

एजेन्सी,२४ माघ । भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । 

त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ । 

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ । 

उहाँले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा सो धारणा राख्नुभएको थियो । अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरु तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताउनुभएको छ । 

उक्त बैठकमा युरोपेली युनियन, आठओटा अरु युरोपेली देश र पाँचओटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । 

युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिने छ । 

उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ । भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ । 

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो । युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरुको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो । 

सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो । युरोेपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन । 

गत महिना गुइदोले आप्mलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उहाँलाई नै समर्थन गरेका थिए । 

आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उहाँले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गर्नुभएको छ । 

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मडुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउनुहुन्छ भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । 

यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिका लगायतका केही पश्चिमा मुलुकहरुले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन् । 

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन् । 

गत महिना गुइदोले आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेपछि यहाँको राजनीतिक संकट बढेको हो । उहाँको यो कदमलाई अमेरिकाले समर्थन गरेपछि यसले विश्वका राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com