ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन


admin
माघ २४, २०७५ बिहीबार  ५ : १४ बजे

एजेन्सी,२४ माघ । भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । 

त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ । 

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ । 

उहाँले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा सो धारणा राख्नुभएको थियो । अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरु तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताउनुभएको छ । 

उक्त बैठकमा युरोपेली युनियन, आठओटा अरु युरोपेली देश र पाँचओटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । 

युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिने छ । 

उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ । भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ । 

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो । युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरुको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो । 

सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो । युरोेपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन । 

गत महिना गुइदोले आप्mलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उहाँलाई नै समर्थन गरेका थिए । 

आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उहाँले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गर्नुभएको छ । 

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मडुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउनुहुन्छ भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । 

यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिका लगायतका केही पश्चिमा मुलुकहरुले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन् । 

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन् । 

गत महिना गुइदोले आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेपछि यहाँको राजनीतिक संकट बढेको हो । उहाँको यो कदमलाई अमेरिकाले समर्थन गरेपछि यसले विश्वका राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com