ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा


admin

धनगढी, २२ माघ । सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । 

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले साना सिँचाइ कार्यक्रम कृषि ज्ञान केन्द्रमार्फत शुरु भइसकेकामा मन्त्रालयमार्फत सञ्चालन हुन लागेको कृषि औजार उपकरण अनुदान र शीत भण्डार गृह निर्माणका लागि कार्यविधि बनिरहेकोे बताउनुभयो । 

साना सिँचाइ कार्यक्रमअन्तर्गत किसानलाई स्यालो ट्युबवेल बोरिङ जडानमा सहयोग उपलब्ध गराउन लागिएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीमा एक÷एक शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै प्रदेशका नौ वटै जिल्लाका किसानलाई तोकिएको मापदण्डका आधारमा पचास प्रतिशत अनुदानमा कृषि औजार उपकरण अनुदान उपलब्ध गराउन लागिएको छ । 

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकामा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिएको छ । गहुँको बीउ एक हजार ३१८ हेक्टरमा पुग्ने गरी वितरण गरिएको छ । 

बाढी, डुबान र नदीकटानको जोखिम रोक्नका लागि कैलाली र कञ्चनपुर जिल्लाको बाढी, डुबान र नदीकटानको जोखिम मानिएका क्षेत्रको जग्गामा उखु खेती गर्न यसको बीउसमेत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन लागिएको प्रवक्ता पोखरेलले बताउनुभयो । ७०८ हेक्टर क्षेत्रमा उखु खेती गर्ने माग भएकामा चालू वर्षमा २८० हेक्टरका लागि मात्र बीउमा अनुदान दिन सकिने जनाइएको छ । 

दलहन बाली मुङको खेती गर्नका लागि पहिलो पटक मन्त्रालयले यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न लागेको छ । एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको छ । ‘एक घर पाँच फलफूल बिरुवा वितरण कार्यक्रम’ अन्तर्गत प्रदेशका सात पहाडी जिल्लामा स्याउ, अम्बा, नास्पती, आरुबखडा, ओखरलगायतका झण्डै ७५ हजार फलफूलका बिरुवा वितरण भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com