ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाई समितिको बैठक काँग्रेसद्धारा बहिष्कार


admin
माघ २०, २०७५ आईतबार  २ : ३९ बजे

काठमाडौं,२० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको गत माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बहिष्कार गरेको हो ।

विपक्ष दलको नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद बैठकको सो निर्णय संविधान, कानुन र प्रक्रिया कुनै पनि हिसावले उचित नभएकाले सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न बोलाइएको बैठकमा सहभागी हुन नसक्ने धारणा समितिमा पेश गर्दै काँग्र्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषालले बैठक बहिष्कार गर्नु भएको हो ।

त्यसक्रममा काँग्रेस सांसद कार्कीले विपक्ष दलको नेताको अनुपस्थितिमा संविधान र कानुन विपरित एकलौटी ढंगले गरेको संवैधानिक परिषद बैठकको निर्णय आफ्नो पार्टीलाई मान्य नहुने पनि स्पष्ट पार्नु भएको थियो ।

तर काँगे्रेसका सांसदहरुले बहिष्कार गर्ने पनि समितिले प्रस्तावित संवैधानिक आयोगका प्रमुखहरुको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको निर्णय बदर गर्ने अधिकार समितिलाई नरहेको उल्लेख गर्दै सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न उजुरी आह्वान गरिएको जानकारी दिनु भयो ।

समितिले उजुरी आह्वान गरेको १० दिनपछि उजुरीमाथि छलफल गरी परिषदले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुमाथि सुनुवाई गर्नेछ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई संवैधानिक आयोगका प्रमुखमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो । तर विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले गरेको सो निर्णयप्रति प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आपत्ति छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com