ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएला सङ्कटः विश्व समुदाय पक्ष र विपक्षमा उभिए


admin
माघ १४, २०७५ सोमबार  ५ : ०४ बजे

एजेन्सी,१४ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैलेलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ ।

समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो ।

मदुरोको पक्षमा 

१, सेना – भेनेजुएलाको सरकारी सेनाले राष्ट्रपति मदुरोलाई नै समर्थन जनाएको छ । सरकारको मेरुदण्डको रुपमा रहेको सेनाले मदुरोकै पक्षमा आफूहरु रहेको बिहीबार प्रष्ट पारेको थियो ।

२, भेनेजुएलाको ३२ सदस्यीय मन्त्रिपरिषद्मा नौ जना सेनाबाट रहेका छन् । रक्षा, आन्तरिक मामिला (गृह), कृषि र गुप्तचर सेवालगायतका मन्त्रालयहरु सैन्य सेवाबाट आएकाहरुले सम्हाल्छन् । उनीहरुले टेलिभिजन स्टेशन, बैंक र सवारी साधनलगायतलाई नियन्त्रण गर्न सक्दछन् ।

३, चीन – भेनेजुएलाको मुख्य लगानीकर्ता तथा सहयोगदाता चीन हो । चीनले भेनेजुएलालाई करिब २० अर्ब अमेरिकी डलर सहयोग दिएको छ । अमेरिका र केही साझेदार देशहरुले गुएइदोलाई अन्तरिम नेताको रुपमा मान्यता दिएपनि चीनले भने बिहीबार हस्तक्षेपको संज्ञा दिएको छ । उसले ती देशहरुले हस्तक्षेप गर्न नहुने मत राखेको छ ।

४, रुस – भेनेजुएलाको दोस्रो ठूलो सहयोगदाता रुसले पनि भेनेजुएलालाई सैन्य सहयोग गरेको छ । गत डिसेम्बरमा दुई बम बर्षक र सय जना अधिकृतहरु काराकास पठाएको थियो । मदुरोलाई समर्थन गरेको सन्देश दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो सहयोग पठाउनु भएको हो ।

५, साना देशहरु – टर्की, क्युवा, बोलिभिया, उरुग्वे र मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशहरुले पनि ५६ वर्षीय मदुरोलाई समर्थन जनाएका छन् ।

६, न्यायिक क्षेत्र – भेनेजुएलाको सर्वोच्च अदालतले मादुरोलाई समर्थन गरेको छ । त्यस अदालतका न्यायाधीशहरु सन् २०१५ को डिसेम्बरमा विपक्षीहरुले नियन्त्रण गर्नुभन्दा ठीक अगाडि सरकारपक्षीय राष्ट्रिय सभाले चयन गरेको थियो ।

उनीहरुले बिहीबार मदुरोलाई समर्थन रहेको घोषणा गरेका हुन् । त्यसैगरी भेनेजुएलाका महान्यायाधीवक्ता टारेक विलियम साब पनि मदुरोको समर्थक हुनुभएको छ ।

७, राष्ट्रिय निर्वाचक सभा – विपक्षीहरुले यसको बैधता र निस्पक्षतामाथि प्रश्न उठाएका छन् । तर यिनीहरुले भने सरकारलाई समर्थन गरेका छन् ।

८, निर्वाचन प्राधिकरण – राष्ट्रिय निर्वाचक परिषद् (सिएनइ) को अध्यक्षता सरकारद्वारा मनोनित टिबिसी लुसेनाले गर्नुभएको छ । उहाँलाई सरकार समर्थक मानिन्छ । उहाँका कारण धेरै विपक्षी पार्टीहरु अवैध घोषणा गरिएका छन् ।

उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै मदुरोप्रति समर्थन जनाउनु भएको छ । गत मे महिनामा भएको निर्वाचनमा विपक्षी दलहरुले सहभागिता जनाउन अस्वीकार गरेका थिए । निर्वाचकहरुको निस्पक्षताप्रति प्रश्न उठाउँदै उनीहरुले सहभागिता नजनाएका हुन् । तर पनि निर्वाचकहरुले मदुरोलाई निर्वाचित भएको घोषणा गरे ।

गुएइदोको पक्षमा 

१, अन्तर्राष्ट्रिय समुदाय – संयुक्तराज्य अमेरिकासँगै अरु धेरै दक्षिण अमेरिकी देशहरु, युरोपेली संघमा आवद्ध देशहरुलगायतले मदुरो पुनर्निर्वाचित भएको स्वीकारेका थिएनन् । त्यसैले अहिले उनीहरुले गुएइदोलाई समर्थन जनाएका छन् ।

गुएइदोले आफैँलाई मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल उहाँलाई समर्थन जनाउनु भएको थियो । अन्य देशहरु ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलियालगायतले पनि ट्रम्पलाई पछ्याएका थिए । यो सूचीमा इजरायल पनि आइतबार थपिएको छ ।

२, छ युरोपेली देशहरु – युरोपेली संघका स्पेन, फ्रान्स, जर्मनी, बेलायत, पोर्चुगल, नेदरल्यान्ड्स लगायतका देशहरुले आठ दिनभित्रमा निर्वाचनको घोषणा गर्न भेनेजुएला सरकारलाई आग्रह गरेका छन् । नत्र गुएइदोलाई नै समर्थन गर्ने उनीहरुको भनाइ छ । तर युरोपेली संघकै ग्रीसले भने अहिलेसम्म पनि मदुरोलाई नै समर्थन जनाएको छ ।

३, राष्ट्रिय सभा – विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभाले गुएइदोलाई अन्तरिम कार्यबाहक राष्ट्रपति घोषणा गरेको छ । यस सभाको निर्वाचन सन् २०१५ मा भएको थियो । यसमा विपक्षी पार्टीहरुको गठबन्धनको प्रभाव रहेको छ ।

४, न्यायिक क्षेत्रबाट निष्काशितहरु – भेनेजुएलाको सर्वोच्च अदालतबाट एक जना न्यायाधीश निष्काशनमा परेका छन् जसलाई राष्ट्रिय सभाले मनोनयन गरेको थियो । गत बिहीबार उनले गुएइदोको कार्यबाहक अन्तरिम राष्ट्रपति भएको घोषणालाई स्वागत गरेका थिए ।

यसरी दुई नेताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय थपिने क्रम जारी छ । विश्वसमुदाय नै विभाजित भएपछि भेनेजुएलाको सङ्कट थप चर्किदै जाने देखिएको छ ।

राजनीतिक सङ्कट चर्किदै जादा देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा दुई दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला अहिले आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा पुगेको छ । भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।

आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com