ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक लडाकू विमान दुर्घटनाग्रस्त


एबीसी न्यूज
माघ १०, २०७५ बिहीबार   ८ : १९   बजे


काठमाडौं , १० माघ ।  ‘टुपोलेभ टु–२२ एम ३’ नामक सुपरसोनिक बम्बर रुसको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । अवतरण गर्ने क्रममा उक्त लामो रेन्जको बम्बर दुर्घटनामा परेको रुसको राष्ट्रिय संचारले जनाएको हो । सो लडाकू विमानमा कमान्डर, को–पाइलट, नेभिगेटर र अपरेटर गरि चार अधिकारी सवार थिए जसमध्ये तीनजनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको प्रमुख कारणबारे पक्का प्रमाण फेला नपर्दा, खराब मौसमका कारण त्यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । टुपोलेभ टु–२२ एम३ लामो रेन्जको सुपरसोनिक लडाकू विमान हो जसलाई रुसमा पहिलोपटक १९८० को दशकमा सेवामा ल्याइएको थियो । जेन्स बाइ आइएचएस मार्किटका अनुसार सो विमान आणविक प्रहार गर्ने क्षमतायुक्त बम्बर हो र सामान्य हमला गर्न अनि जहाजी मिसनमा समेत काम गर्न सक्छ ।

राष्ट्रपति पुटिनले गत वर्ष मात्र रुसले नाटोका प्रतिरक्षात्मक प्रणालीलाई मात दिने नयाँ हतियार सार्वजानिक गर्ने घोषणा गरेका थिए । रुसका नयाँ हाइपरसोनिक मिसाइल प्रणालीका अगाडि जुनसुकै प्रतिरक्षात्मक हतियार पनि बेकार साबित हुने उनको दाबी थियो । गत डिसेम्बर २६ मा गरिएको मिसाइल परीक्षणपछि पनि फेरि पुटिनले अमेरिकाका अगाडि रुस असंवेदनशील रहेको ठहर गरेका हुन् । उनले भनेका थिए , ‘नयाँ किसिमको रणनीतिक हतियार प्राप्त गर्ने रुस पहिलो मुलुक हो जसले दशकौँसम्म राज्य र देशका जनताको सुरक्षा सुनिश्चित गर्नेछ । ’

यसरी रुसद्वारा निर्माण गरिएको एभान्गार्ड हाइपरसोनिक प्रणाली दक्षिणपश्चिम स्थित डोमबारोभस्की सैन्य बेसबाट परीक्षण गरिएको थियो । दुर्घटनामा परेको टुपोलेभ मिसाइलले भने घटनाका क्रममा कुनै हतियार नबोकेको बताइएको छ । – सिएनएन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group